• आइतबार, २ कात्तिक २०८३
  • images

    रुवी साह हत्या प्रकरणः रिक्सा चालक पक्राउ

    रुवी साह हत्या प्रकरणः रिक्सा चालक पक्राउ

    प्रेमीले हत्या गरेको परिवारको ठोकुवा

    सोमबार, भदौ ९ २०८२
    सोमबार, भदौ ९ २०८२
    रुवी साह हत्या प्रकरणः रिक्सा चालक पक्राउ

    रौतहट,९ भदौ । रौतहटस्थित माधव नारायण नगरपालिका ६ की रुबी साहको शव रहेको सुटकेस ओसारपसारमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । 

    सुटकेस ओसारपसारमा संलग्न ती व्यक्तिलाई अनुसन्धानको सिलसिलामा प्रहरीले सोमबार पक्राउ गरेको हो ।

    images

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीले  शव रहेको सुटकेस ओसार पसारमा प्रयोग गरिएको इ रिक्सा चालकलाई रौतहट प्रहरीले पक्राउ गरेको जानकारी दिनुभयो ।
    प्रहरीले गौर बालमन्दिर पछाडि एक घरबाट रुबिले प्रयोग गर्दै आउनु भएको चप्पल भेटाएको छ । 

    बाल मन्दिर पछाडि डेरा लिएर रुबिका प्रेमी बस्दै आएका थिए । रुबिका परिवारजनले हत्यारा  रुबिको प्रेमी नै रहेको ठोकुवा गरेको छ ।

    गौरदेखि गङ्गा पिपरासम्म पुराउन ५ सय रुपियाँ भाडा तय गरेर  गौरबाट हिँडेको इ–रिक्सामा  समस्या आएपछि मुडवलबामै सुटकेस ओरालेर फर्केको इ–रिक्सा चालकले प्रहरीलाई बयान दिएका छन् ।

    सुटकेशभित्र के राखिएकोबारे आफू अनभिज्ञ रहेको इ–रिक्सा चालकले बयानमा उल्लेख गरेका छन् ।

    जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक कार्कीका अनुसार अनुसन्धानको नजिक पुगिसकेकाले हत्यामा संलग्नलाई छिट्टै सार्वजनिक गर्ने बताउनु भयो ।

    रुबिको हत्या गरेर हत्याराले सुटकेसमा राखेको अवस्थामा प्रहरीले गौर गंगापिपरा सडक खण्डको मुडवलबाबाट शनिबार राती फेला पारेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार