• मंगलबार, ३ कात्तिक २०८३
  • images

    प्रधानमन्त्रीद्धारा संसदमा सम्बोधनः स्वास्थ्यका विषय प्राथमिकतामा

    प्रधानमन्त्रीद्धारा संसदमा सम्बोधनः स्वास्थ्यका विषय प्राथमिकतामा

    बुधबार, साउन २८ २०८२
    बुधबार, साउन २८ २०८२
    प्रधानमन्त्रीद्धारा संसदमा सम्बोधनः स्वास्थ्यका विषय प्राथमिकतामा

    काठमाडौँ, २८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै स्वास्थ्यका महत्वपूर्ण विषय उल्लेख गर्नुभएको छ । 


    प्रतिनिधिसभाको बुधबारको बैठकमा सम्बोधन गर्दै ओलीले आफ्नो तुर्कमेनिस्तान भ्रमण, समसामयिक राजनीतिक विषयवस्तु र आफू नेतृत्वको सरकार निर्माण भएपछि गरेका कामबारे संसद्‌मा  प्रस्तुत गर्नुभयो । 

    images


    स्वास्थ्यसँग जोडिएका विषयहरु ः 

    • गत आवमा १३१ पटक जोखिममा परेका दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाहरुको निःशुल्क हवाई उद्धार गरिएको छ ।
    • स्थानीय तहमा एक आधारभूत अस्पताल स्थापना गर्ने लक्ष्यअनुरुप निर्माणाधीन ४१५ वटा अस्पतालमध्ये ५५ वटा सम्पन्न भई सञ्चालनमा आएका छन् । यी अस्पताल सञ्चालनको लागि तीनै तहका सरकारको सहभागिता एवं समन्वय हुनेगरी आधारभूत अस्पताल सञ्चालन मापदण्ड, २०८१ कार्यान्वयनमा ल्याइएको छ ।
    • सातवटै प्रदेशमा जलन, मुटु, क्यान्सर र मिर्गौला रोगको उपचार सेवा विस्तार गरिएको छ । सुदूरपश्चिम प्रदेशबाहेकका सबै प्रदेशमा मिर्गौला प्रत्यारोपण सेवा समेत सुरु गरिएको छ ।
    • पहिलोपटक नियमित खोप तालिकामा समेटिनेगरी पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप सञ्चालन गरिएको छ । यस अबधिमा करिब १६ लाख किशोरीलाई यो सेवा प्रदान गरिएको छ ।
    • आमनागरिकको स्वास्थ्य सेवामा वित्तीय सुरक्षा सुनिश्चित गर्न प्रवेश विन्दु तोकी दायरा विस्तार गरिएको छ । यसले प्रक्रियालाई सरल बनाएको छ । कडा रोगहरूको उपचारमा थप रु १ लाख पाउने व्यवस्था गरिएको छ ।
    • सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८१ जारी भएको छ ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार