काठमाडौं, १९ साउन । नुवाकोटस्थित तारकेश्वर गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नारायणप्रसाद रिमालको ४५ वर्षको उमेरमा निधन भएको छ ।
वीर अस्पतालमा उपचारका क्रममा सोमवार बिहान उहाँको निधन भएको हो ।
उहाँ मिर्गौला रोगबाट पीडित हुनुहुन्थ्यो ।
रिमाल २०७९ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको हो ।
रिमाल नेकपा एमाले नुवाकोटका सचिवालय सदस्य हुनुहुन्थ्यो ।
रिमालको सोमबार बुनेबेशीघाटमा अन्त्येष्टि गरिएको छ ।