• आइतबार, १४ भदौ २०८३
  • images

    ओखलढुङ्गाः करेन्ट लागेर चन्द्र राइको मृत्यु

    ओखलढुङ्गाः करेन्ट लागेर चन्द्र राइको मृत्यु

    आइतबार, साउन ४ २०८२
    आइतबार, साउन ४ २०८२
    ओखलढुङ्गाः करेन्ट लागेर चन्द्र राइको मृत्यु

    ओखलढुङ्गा, ४ साउन ।  ओखलढुंगास्थित चिसङ्खुगढी गाउँपालिका–१, कुइभिरमा करेन्ट लागेर  एक जनाको घटनास्थलमै मृत्यु भएको छ । 

    शनिबार बेलुका करिब १० बजे सोलुखुम्बुका चन्द्र राईको मृत्यु भएको हो । 
    प्रहरीका अनुसार नेचासल्यान गाउँपालिका–४, बस्ने अन्दाजी ३० वर्षे राई खोटाङ दिक्तेल जाने क्रममा फुपू चन्द्रमाया राईको घरमा बस्नुभएको थियो । 

    सोही समयमा मेघगर्जनसहित वर्षा भएपछि विद्युतको एमसिबी चलाउने क्रममा उहाँको करेन्ट लागेको मृत्यु भएको हो । 


    घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार