धनगढी,२६ असार । सुदूरपश्चिम प्रदेश सभाले पारित गरेको स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१’ को विरोधमा स्वास्थ्य सहायक संघ नेपाल (हान) ले आन्दोलन गर्ने चेतावनी दिएको छ ।
संघले उक्त ऐनलाई संविधान, संघीय कानुन र लोक सेवा आयोगको प्रक्रियाविरुद्ध रहेको ठहर गर्दै आन्दोलन गर्ने चेतावनी दिएको हो।
स्वास्थ्यकर्मी संघका अनुसार नेपालको संविधानको धारा ५७ र ६० ले प्रदेश र स्थानीय तहका कानुनहरू संघीय कानूनसँग मेल खानुपर्ने प्रस्ट व्यवस्था गरे पनि नयाँ ऐनले त्यसको उल्लेख गर्दै केही निश्चित कर्मचारी समूहलाई लाभ दिने गरी व्यवस्था गरिएको भन्दै असन्तुष्टि जनाएको हो।