• बुधबार, २५ कात्तिक २०८३
  • images
    images

    इँटाभट्टामा काम गरेर ४ जीपीए ल्याउने गोमालाई भाटभटेनीका अध्यक्ष गुरुङले एमबीबीएस पढाउने

    इँटाभट्टामा काम गरेर ४ जीपीए ल्याउने गोमालाई भाटभटेनीका अध्यक्ष गुरुङले एमबीबीएस पढाउने

    बिहीबार , असार १९ २०८२
    बिहीबार , असार १९ २०८२
    इँटाभट्टामा काम गरेर ४ जीपीए ल्याउने गोमालाई भाटभटेनीका अध्यक्ष गुरुङले एमबीबीएस पढाउने

    काठमाडौँ, १९ असार । इँटाभट्टामा  काम गर्दै एसईई परीक्षामा ४ जीपीए ल्याउने गोमा श्रेष्ठलाई भाटभटेनीका अध्यक्ष तथा समाजसेवी मीनबहादुर गुरुङले एमबीबीएससम्मको पढाउने घोषणा गर्नुभएको छ । 

    बिहीबार गोमालाई भाटभटेनीस्थित कार्यालयमा बोलाएर गुरुङ र उहाँकी श्रीमती सावित्री गुरुङले एमबीबीएस पढाउने वाचासहित एक लाख रूपैयाँ नगद, एउटा ल्यापटप र सम्मानपत्र प्रदान गनुृभयो । 

    गोमालाई सेन्ट जेभियर्स कलेज, माइतीघरमा ११ र १२ कक्षासम्मको अध्ययन पनि गुरुङले आफ्नै खर्चमा गराउने प्रतिबद्धता व्यक्त गनुृभयो। यसपछि एमबीबीएससम्मको अध्ययन खर्च समेत व्यहोर्ने वचन दिनुभएको छ । 


    यसअघि पनि गुरुङले विभिन्न विकट जिल्लाका धेरै विद्यार्थीहरूलाई पाटन विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइरहनुभएको छ । 

    गोमाले चाँगुनारायण नगरपालिका ८ स्थित सुडालको एक इँटाभट्टामा काम गर्दै अध्ययन गर्नुभएको थियो । उहाँ बिहान बेलुका इँटा सुकाउने काम गर्नुहुन्थ्यो ।  कामको साथमा स्कुल पनि पढिरहेकी गोमा ४ जीपीए ल्याएपछि चर्चामा आउनुभएको हो । 

    उहाँले आफूलाई डाक्टर बन्ने चाहना भएको, तर आर्थिक अवस्था कमजोर रहेको समाचार बाहिरिएपछि गुरुङ दम्पतीले सहयोग गर्ने घोषणा गर्नुभएको हो। 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार