• बिहीबार , ५ कात्तिक २०८३
  • images

    क्षयरोग नियन्त्रणमा चुनौती , वार्षिक ४० हजार बढी नयाँ क्षयरोगी थपिदैँ 

    क्षयरोग नियन्त्रणमा चुनौती , वार्षिक ४० हजार बढी नयाँ क्षयरोगी थपिदैँ 

    बुधबार, असार १८ २०८२
    बुधबार, असार १८ २०८२
    क्षयरोग नियन्त्रणमा चुनौती , वार्षिक ४० हजार बढी नयाँ क्षयरोगी थपिदैँ 


    काठमाडौँ, १८ असार । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका अनुसार  गतवर्ष ४० हजार ७७६ जना क्षयरोगका बिरामी पत्ता लागेका छन् ।

    क्षयरोग सम्बन्धि विश्वव्यापी प्रतिवेदनले भने नेपालमा हरेक वर्ष करिव ६८ हजार नयाँ क्षयरोगका बिरामी थपिने अनुमान गरेको छ । 

    images

    रष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको आयोजनामा  सुरु भएको क्षयरोग कार्यक्रमको बार्षिक समीक्षा गोष्ठीमा क्षयरोग नियन्त्रणका लागि तय गरिएको लक्ष्य भेटाउनका लागि के कस्तो रणनीति अघि बढाउन सकिन्छ भन्ने बारे छलफल भएको छ । 
    छलफलमा देशभरीबाट सरोकारावालाहरुको उपस्थिति रहेको छ । प्रदेश तथा स्थानीय तहबाट पनि सहभागिता रहेको छ ।  

      राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा श्रीराम तिवारीले  केन्द्रले पत्ता लगाएका बिरामीहरूको सङ्ख्या र अनुमानित सङ्ख्याबीच अझै पनि ठूलो अन्तर रहेको जानकारी दिनुभयो । उहाँले  गत वर्ष २०८०। ८१ मा ४० हजार ७७६ क्षयरोगका केसहरू पत्ता लागेको जानकारी दिदै तीमध्ये ६१ प्रतिशत पुरुष, ३९ प्रतिशत महिला रहेको जानकारी दिनुभष्यो । यस्तै  १४ वर्ष मुनिका बालबालिका ८.६ प्रतिशत छ । 

    tuberclusisss.jpeg

    गएको १० महिनामा २९ हजार ८७७ नयाँ केसहरू पत्ता लागेको जानकारी दिदै निर्देशक डा तिवारीले क्षयरोगका जोखिम कारकहरूमा धूम्रपान, कुपोषण, मधुमेह, मदिराको प्रयोग र एचआईभी मुख्य रूपमा देखिएको बताउनुभयो । 

    समीक्षा कार्यक्रममा डा तिवारीले बार्षिक १६ हजार बढीले क्षयरोगबाट ज्यान गुमाउने गरेको भन्दै यसलाई नियन्त्रण गर्नका लागि राष्ट्रिय रणनीतिक योजना बनाउन परेको बताउनुभयो । उहाँले राष्ट्रिय रणनीतिक योजनाको मुख्य लक्ष्य क्षयरोग मुक्त नेपालको परिकल्पना रहेको भन्दै यसअन्तर्गत सन् २०३५ सम्ममा क्षयरोग महामारीको अन्त्य गर्ने र सन् २०५० सम्ममा यसलाई पूर्ण रूपमा उन्मूलन गर्ने लक्ष्य राखिएको बताउनुभयो । 

    सन् २०२६ सम्ममा क्षयरोगको घटना दर प्रति १ लाख जनसङ्ख्यामा २३८ बाट १८१ मा र मृत्यु दर ५८ बाट २३ मा झार्ने लक्ष्य छ । 

    ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा विकास देवकोटाले योजना अनुसारको काम भएको छ छैन राम्ररी समीक्षा गर्नुपर्ने बताउनुभयो । उहाँले  क्षयरोग नियन्त्रण गर्ने लक्ष्यमा हामी कहाँ छौँ, कस्तो अवस्थामा छौँ , लक्ष्य प्राप्तिमा के कस्ता कठिनाईहरु छन् भने विषयमा समीक्षा गरेर अघि बढ्नुपर्ने बताउनुभयो । 
    उहाँले क्षयरोगमा १ अर्व बढी बजेट रहेको भन्दै बजेट अभाव नहुने बताउनुभयो ।  ग्लोबल फण्डले रकम कटौती गर्दै गए पनि नेपाल सरकारले बजेट बढाउँदै गएको उहाँको भनाई छ । 

    पूर्व निमित्त स्वास्थ्य सचिव डा दीर्घसिंह बमले नेपालले क्षयरोग नियन्त्रण सम्वन्धी काम सुरु गर्दाका दुख तथा अनुभवहरु सुनाउनुभयो । उहाँले डट्स कार्यक्रम सुरु गर्दा होस् या ठिमीमा अस्पताल बनाउँदा तथा कार्यालय खोल्न खोज्दा भएका कठिनाई स्मरण गर्दै उहाँले हाल क्षयरोग नियन्त्रणमा धेरै प्रगति भएको बताउनुभयो। 

    कार्यक्रममा हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकीले नेपालीहरु काम भन्दा कुरा बढी गर्ने प्रबृतिका रहेका भन्दै अब कुरा भन्दा काममा केन्द्रीत हुनु पर्ने बताउनुभयो । उहाँले  आफ्नो नगरपालिकालाई क्षयरोग मुक्त पालिका बनाउने गरी अभियान सञ्चालन गरिएको बताउनुभयो ।

    त्यसअघि क्षयरोग केन्द्रका डा नविनप्रकाश साहले प्रस्तुतिकरण दिनुभएको थियो । 
    केन्द्रका योजना विभाग प्रमुख  वीरबहादुर रावलले क्षयरोग नियन्त्रणका लागि स्थानीय तहले काम गर्नुपर्ने बताउनुभयो । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार