• बुधबार, ४ कात्तिक २०८३
  • images

    पाटन स्वास्थ्य प्रतिष्ठानको उपकुलपतिका लागि १० जनाको आवेदन

    पाटन स्वास्थ्य प्रतिष्ठानको उपकुलपतिका लागि १० जनाको आवेदन

    बुधबार, असार ११ २०८२
    बुधबार, असार ११ २०८२
    पाटन स्वास्थ्य प्रतिष्ठानको उपकुलपतिका लागि १० जनाको आवेदन

    काठमाडौँ, ११ असार । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदका लागि १० जनाको आवेदन परेको छ। 

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत रहेको सिफारिस समितिको सचिवालयमा मंगलबारसम्म १० जनाको आवेदन परेको हो।

    images

    सचिवालयले गत बुधबार सार्वजनिक सूचना प्रकाशित गर्दै इच्छुक योग्य उम्मेदवारहरूलाई आवेदन दिन आह्वान गरेको थियो। 

    कर्णाली, बीपी कोइराला, पाटन र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपति नियुक्ति प्रक्रिया अघि बढाइएको छ ।


     आवेदन दिनेहरुको नामावली:
    १. प्राडा बुद्धिप्रसाद पौडेल
    २. प्राडा संगिता भण्डारी
    ३. प्राडा प्रल्हाद कार्की
    ४. डा श्रीजना श्रेष्ठ
    ५. प्राडा गेहनाथ बराल
    ६. डा दिपेन्द्र रमण सिंह
    ७. प्राडा पवन कुमार शर्मा
    ८. डा लक्ष्मी नारायण सिंह
    ९. प्राडा विष्णु प्रसाद शर्मा
    १०. डा दीपक थापा मगर

    प्रतिक्रिया दिनुहोस
    थप समाचार