काठमाडौँ, ४ जेठ । वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. विशाल ज्ञवाली ४० वर्ष मुनिका उत्कृष्ट ४० डाक्टरमध्ये उत्कृष्टमा पर्न सफल हुनुभएको छ ।
डा ज्ञवाली २०५९ सालको एसएलसीमा बोर्ड फष्ट हुन सफल विद्यार्थी पनि हुनुहो ।
द एसोसियसन फर भ्यालु वेस क्यान्सर केयर नामको क्यानाडाको संस्थाले २०२५ को ४० वर्ष मुनिका उत्कृष्ट ४० क्यान्सर रोग विशेषज्ञमा उहाँलाई पुरस्कार विजेताका रुपमा घोषणा गरेको छ ।
डा. ज्ञवालीले आफूले क्यान्सर उपचारमा गरेको योगदानको कदर भएको बताउनुभयो ।
विश्वाट तीन हजार डाक्टरहरुले मनोनयन गरेकोमा नेपाली क्यान्सर रोग विशेषज्ञ डा. विशाल ज्ञवालीलाई २०२५ को ४० वर्ष मुनिकालाई दिइने क्यान्सर अवार्डबाट पुरस्कृत गरेको हो । क्यान्सर उपचारको क्षेत्रमा डा. ज्ञवालीले गरेको योगदानको कदर गर्दै उक्त अवार्डबाट सम्मान गरिएको हो ।