• आइतबार, १४ भदौ २०८३
  • images

    पूर्व स्वास्थ्यमन्त्री मोहन बस्नेतलाई भ्रष्टाचार मुद्दा

    पूर्व स्वास्थ्यमन्त्री मोहन बस्नेतलाई भ्रष्टाचार मुद्दा

    बिहीबार , जेठ १ २०८२
    बिहीबार , जेठ १ २०८२
    पूर्व स्वास्थ्यमन्त्री मोहन बस्नेतलाई भ्रष्टाचार मुद्दा

    काठमाडौं,१ जेठ ।  पूर्व स्वास्थ्यमन्त्री मोहन बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा  दायर गरेको छ। 
     आयोगले टेरामक्स घोटालामा  संलग्न रहेको भन्दै बस्नेत विरुद्ध  बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। 

    सूचना तथा सञ्चार, प्रविधि मन्त्रालयको जिम्मेवारी लिएका बेला बस्नेतले उक्त कार्य गरेको अख्तियारको दाबी छ ।
    बस्नेतसंगै दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासहित १६ जनाविरुद्ध बिहीबार मुद्दा दायर भएको छ। 

    उनीहरूसँग ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रूपैयाँ बिगो दाबी गरिएको छ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स खरिद प्रकरणमा योग्यता नपुग्ने प्रस्तावदाताको गलत प्रतिवेदन तयार पारी सर्वोच्चको आदेश अनुसारको कानूनी व्यवस्थासमेत नगरी राज्यको सम्पत्ति हानीनोक्सानी गरेको अभियोगमा मुद्दा दायर गरेको हो।

     मन्त्री बस्नेतले आफ्नो क्षेत्राधिकार बाहिर गई एकल रूपमा निर्णय गरी कार्यान्वयनको लागि निर्देशन दिएको र सोही निर्देशन अनुसार नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन पदाधिकारीहरूले एक आपसमा मिलेमतो गरी  प्रचलित कानुन विपरीत कार्य गरेको अख्तियारको ठहर छ। 

    मुद्दा दायर भएका अन्यमा प्राधिकरणका तत्कालीन सदस्यहरू धनराज ज्ञवाली, टीका प्रसाद उप्रेती,  तत्कालीन अध्यक्ष पुरुषोत्तम खनाल, प्राधिकरणका निर्देशक विजय कुमार राय, उपनिर्देशक रेवती राम पन्थ, उपनिर्देशक सुरेश  बस्नेत, उपनिर्देशक हिरण्य प्रसाद बस्ताकोटी र उपनिर्देशक अच्युतानन्द मिश्र, निर्देशक सुरेन्द्रलाल हाडा, दिपेश आचार्य र उपनिर्देशक संदिप अधिकारी, परामर्शदाता जमाल अनौती, एजेन्ट दिलीप कुमार गुरुङ, तेज प्रसाद खरेल हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार