• सोमबार, १५ भदौ २०८३
  • images

    भ्रष्टाचार मुद्धामा बीपी प्रतिष्ठानका पूर्व उपकुलपति डा रौनियारलाई अदालतबाट सफाई

    भ्रष्टाचार मुद्धामा बीपी प्रतिष्ठानका पूर्व उपकुलपति डा रौनियारलाई अदालतबाट सफाई

    हेल्दीखबर
    बुधबार, जेठ २५ २०७९
    हेल्दीखबर
    बुधबार, जेठ २५ २०७९
    भ्रष्टाचार मुद्धामा बीपी प्रतिष्ठानका पूर्व उपकुलपति डा रौनियारलाई अदालतबाट सफाई


    काठमाडौ । भ्रष्टाचार मुद्दामा  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा राजकुमार रौनियारले सफाई पाउनुभएको छ । 
    यस्तै  डा रामहरि रौनियारले पनि सफाइ पाउनुभएको छ । 
     विशेष अदालतले उहाँहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाबी गर्दै दिएको निवेदनमा प्रमाण नपुगेको भन्दै सफाइ दिएको हो।
    अख्तियारले दुवैलाई १ करोड २८ लाख घुस लिएको आरोप लगाउँदै विशेष अदालतमा मुद्दा हालेको थियो। उक्त मुद्दाको फैसला विशेषले उहाँहरुले भ्रष्टाचार गरेको भन्ने पुष्टि नभएको भन्दै सफाइ दिएको हो। 
    उहाँहरुलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको होष्टेल तथा फार्मेसी भवन निर्माणको ठेक्कामा घुस लिएको आरोपमा अख्तियारले पक्राउ गरेको थियो । 
    ठेक्का पाएको श्याम सुन्दर निर्माण सेवा प्रालिको सब कन्ट्रयाक्टर गिना कन्स्ट्रक्सन कम्पनी प्रालिका प्रबन्ध निर्देशक सुशीलकुमार झासँग भवन निर्माणको मोबिलाइजेसन रकमको भुक्तानी दिँदा घुस लिएको अख्तियारको आरोप थियो।
    त्यस्तै विभिन्न मितिमा रनिङ बिलको भुक्तानी दिँदा प्रतिष्ठानका उप–कुलपति रौनियारले पटकपटक कमिसन बापत घुस–रिसवत लिएको अडियो–भिडियो सहितको उजुरी अख्तियारमा परेको थियो। अख्तियारमा परेको उजुरीको आधारमा खोजी भइराख्दा डा राजकुमार रौनियार  घुससहित पक्राउ परेको अख्तियारले दाबी गरेको थियो।

    प्रतिष्ठानमा हाउस अफिसरको रुपमा कार्यरत डा रामहरि रौनियार मार्फत डा राजकुमार  रौनियारले घुस लिएको अख्तियारको आरोप थियो। डा रौनियारले पटकपटक गरी जम्मा १ करोड २८ लाख घुस लिएको भन्दै कारबाहीको मागसहित विशेषमा मुद्दा हालेको थियो।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार