• आइतबार, १४ भदौ २०८३
  • images

    पिजीको म्याचिङ प्रक्रिया रोक्न चिकित्सक संघको माग

    पिजीको म्याचिङ प्रक्रिया रोक्न चिकित्सक संघको माग

    पूर्वनिर्धारित अनुसार सिट कायम गर्न ध्यानाकर्षण

    सोमबार, चैत १८ २०८१
    सोमबार, चैत १८ २०८१
    पिजीको म्याचिङ प्रक्रिया रोक्न चिकित्सक संघको माग
    फाइल तस्विर

    काठमाडौं, १८ चैत । नेपाल चिकित्सक संघले पिजीको म्याचिङ प्रक्रिया रोक्न माग गरेको छ । 
    संघले निजी मेडिकल कलेजहरुको प्रकाशित सिट संख्या घटाई चिकित्सा शिक्षा आयोगले निकालेको म्याचिङको सूचना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

    संघले सोमबार विज्ञप्ति जारी गर्दै अहिलेको म्याचिङ प्रक्रियालाई अविलम्ब रोकी पूर्वनिर्धारित सिट संख्या अनुसार म्याचिङको सूचना निकाल्न आयोगसँग माग गरेको हो । 
    नेपालमा रहेका जेहेन्दार तथा दक्ष चिकित्सकहरूलाई नेपालमा स्नातकोत्तर तालिमको अवसर प्रदान गर्दै नेपालमै सेवा पुर्याई समग्र आम नागरिकको स्वास्थ्य सेवामा सुविधा पुर्याउन अहिलेको म्याचिङ प्रक्रियालाई अविलम्ब रोकी पूर्वनिर्धारित सिट संख्या अनुसार म्याचिङको सूचना निकाल्न नेपाल चिकित्सक संघ चिकित्सा शिक्षा आयोगसँग जोडदार माग गर्दछ, विज्ञप्तिमा भनिएको  छ ।

    ुचिकित्सा शिक्षा आयोगद्वारा नेपाल सरकारका शैक्षिक संस्थाहरुमा स्नातकोत्तर (एमडी÷एमएस र एमडीएसको सिट संख्या थप गर्ने निर्णय गरिए पनि निजी मेडिकल कलेजहरुको प्रकाशित सिट संख्या घटाई म्याचिङको सूचना निकालिएको प्रति नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको छ, संघले निकालेको विज्ञप्तिमा भनिएको छ । 

    यसैगरी, संघले आवासीय चिकित्सकहरूको निर्वाह भत्ता ४८ हजार ७३७ अविलम्ब उपलब्ध गराउन तथा आयोगको १७ औँ बैठकमा एसोसिएसन अफ प्राइभेट मेडिकल कलेज एण्ड डेन्टल कलेज अफ नेपालद्वारा आयोगको निर्णय कार्यान्वयन गर्न नसकिने भनी पेश गरिएको निवेदनका सम्बन्धमा आगामी बैठकमा छलफल गर्ने भनी निर्णय भए बमोजिम आयोगको १८ औँ पूर्ण बैठक अविलम्ब संचालन गरी समस्याको समाधान गर्न पनि माग गरेको छ।
     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार