• आइतबार, १४ भदौ २०८३
  • images

    शिक्षण अस्पतालमा डाक्टर माग, फागुन २५ सम्म आवेदन दिनुपर्ने 

    शिक्षण अस्पतालमा डाक्टर माग, फागुन २५ सम्म आवेदन दिनुपर्ने 

    आइतबार, फागुन १८ २०८१
    आइतबार, फागुन १८ २०८१
    शिक्षण अस्पतालमा डाक्टर माग, फागुन २५ सम्म आवेदन दिनुपर्ने 

    काठमाडौं, १८ फागुन । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा करार सेवामा हाउस अफिसर (डाक्टर) माग गरिएको छ। 
    अस्पताल अन्तर्गत विभिन्न विभागहरूका लागि केही सङ्ख्यामा हाउस अफिसर माग गरिएको हो। सूचना अनुसार हाउस अफिसरको संख्या खुलाइएको छैन । 

    एमबीबीएस उत्तीर्ण गरी नेपाल मेडिकल काउन्सिलको लाइसेन्स प्राप्त पुरुषको हकमा ४० वर्ष र महिलाको हकमा ४५ वर्ष उमेर ननाघेको हुनुपर्नेछ। इच्छुक व्यक्तिहरूले २०८१ फागुन २५ गते कार्यालय समय ५ बजेभित्र सम्पर्क गर्न भनिएको छ। 
    आवश्यक कागजातमा एसएलसीलगायत सोभन्दा माथिका सम्पूर्ण शैक्षिक योग्यताको प्रमाण पत्रहरूको प्रतिलिपि,  नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,  नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको रजिस्ट्रेसनको प्रतिलिपि र विदेशमा अध्ययन गरेकाहरूले शैक्षिक योग्यताको समकक्षता निर्धारण गरिएको प्रमाण पत्रको प्रतिलिपि रहेका छन्। 
    हेरौं सूचना: 

    Teaching-1740887373.jpeg
    undefined

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार