• शुक्रबार, ३० असोज २०८३
  • images

    गायक विक्रम राइको निधन

    गायक विक्रम राइको निधन

    आइतबार, फागुन १८ २०८१
    आइतबार, फागुन १८ २०८१
    गायक विक्रम राइको निधन

    काठमाडौं,१८ फागुन । गायक तथा संगीतकार विक्रम राइको निधन भएको छ । 
    शनिबार  बिहान  करिब ३ बजे उहाँको निधन भएको पारिवारिक स्रोतले बताएको छ ।  तर, के कारणले निधन भएको भन्ने पुष्टि भइसकेको छैन । ह्दयघातको कारण निधन भएको अनुमान गरिएको छ ।
    पोस्टमार्टमका लागि राईलाई टिचिङ अस्पताल लगुएको थियो ।

    राईले सुतेको ठाउँमै अचानक सास फेर्न छाडेपछि परिवारले प्रहरीलाई खबर गरेको थियो । प्रहरीले  काठमाडौं, मोडेल अस्पताल बागबजार पुर्याउनसाथ डाक्टरले मृत घोषित गरेका थिए ।

    images

    खोटाङका स्थायी बासिन्दा राईले संगीत भरेको तथा गाएको गीतहरू संयौको संख्यामा छन् । ‘हौवा हौ दर्शन नमस्ते’, ‘तिम्ले बाटो फेर्यौ अरे’ २ र ३, ‘जीवनसाथी तिमीलाई छ मेरो सलाम लगायत गीतहरू चर्चित छन् ।
    ३१ वर्षीय राई डेढ दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय हुनुहुन्छ  । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार