• बिहीबार , २९ असोज २०८३
  • images
    images

    कानुनको धज्जी उडाउँदै नेपाल साहित्य महोत्सवको आयोजना, स्वास्थ्य मन्त्रालयद्धारा कारबाही गर्ने चेतावनी

    कानुनको धज्जी उडाउँदै नेपाल साहित्य महोत्सवको आयोजना, स्वास्थ्य मन्त्रालयद्धारा कारबाही गर्ने चेतावनी

    बुधबार, फागुन १४ २०८१
    बुधबार, फागुन १४ २०८१
    कानुनको धज्जी उडाउँदै नेपाल साहित्य महोत्सवको आयोजना, स्वास्थ्य मन्त्रालयद्धारा कारबाही गर्ने चेतावनी
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

    काठमाडौँ, १४ फागुन । सुर्तीजन्य पदार्थको विज्ञापन, प्रवद्र्धन तथा सार्वजनिक स्थलमा विक्रिवितरणलाई समेत कानुनले बन्देज लगाएको छ । तर प्रत्येक वर्ष आयोजना गरिने नेपाल साहित्यीक महोत्सवमा कानुनको धज्जी उडाउँदै सुर्तीजन्य पदार्थ उत्पादन गर्ने कम्पनी ‘सुर्य नेपाल प्रालि’ले प्रायोजन गर्ने गरेको छ ।

    Screenshot 2025-02-26 073903.png महोत्सव पोखरामा फागुन १५ गतेदेखि आयोजना गर्न लागिएको हो । गत वर्षका साहित्यीक महोत्वसमा टाइटल स्पोन्सर गरेको सूर्य नेपालले यसपटक इभिनिङ म्युजिकल सेसनको स्पोन्सर गरेको छ । सञ्चारमाध्याममा कानुन विपरित महोत्सवको आयोजना भन्ने समाचार प्रकाशित भएपछि आयोजकले केही दिन अघि आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेको पोष्ट फेसबुक पेजबाट हटाएको छ । अझ रमाइलो त आयोजकले महोत्सवको दोस्रो दिन स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई ‘स्वास्थ्य सेवामा जनताको पहुँच’ भन्ने शिर्षकमा प्रमुख वक्ताको रुपमा राखेको छ । मन्त्री पौडेल गएर कार्यक्रममा भाग लिने या नलिने विषय अहिलेसम्म टुंगिएको छैन ।

    images
    mohp-notice-768x994.jpg
    undefined


    यसैबीच साहित्य महोत्सवमा सूर्तिजन्य पदार्थको उत्पादकको संलग्नता भएको प्रति स्वास्थ्य मन्त्रालयले  गम्भीर आपत्ति प्रकट गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले प्रेस विज्ञप्ति जारी गर्दै मेला, महोत्सब जात्राका नाममा सूर्तिजन्य पदार्थको उत्पादकको संलग्नता भएको प्रति मन्त्रालयको गम्भीर आपत्ति भएको प्रष्ट पार्नुभएको छ ।
    विज्ञप्तिमा भनिएको छ “मेला, महोत्सब जात्राका नाममा सूर्तिजन्य पदार्थ उत्पादकको संलग्नता भएको प्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ। कानून विपरितको कामकारवाही नगर्नु नगराउनुहुनको साथै सो विपरितको कामकारवाही भएमा कानून बमोजिम कारवाही हुने जानकारी गराईन्छ।’

     फागुन १५ देखि १७ सम्म पोखरामा हुने नेपाल लिटरेचर फेस्टिभलको एक सेसनमा सुर्य नेपाल प्रालिले समेत स्पोन्सर गरेको छ। सो कर्यक्रमको दोस्रो दिनको पहिलो सेसनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री आफै वक्ताका रुपमा रहेको आयोजकले कार्यक्रम तालिका सार्वजनिक गरेकाृ छ । सेसनको वक्ताका रुपमा डा भगवान कोइराला समेत हुनुहुन्छ । उहाँ स्वास्थ्य मन्त्री पौडेलका सल्लाहकार हुनुहो ।
    सुर्य नेपालको प्रयोजन रद्द गरिएकोबारे कुनै आधिकारिक धारणा प्रकाशित गरेको छैन। मन्त्रालयको विज्ञप्तिमा भनिएको छ “सूर्तिजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०६८ को दफा १० मा उत्पादक लगायत कसैले पनि पत्रपत्रिका तथा रेडियो, टेलिभिजन, इन्टरनेट, इ–मेल जस्ता विद्युतीय सञ्चार माध्यम, अन्तरक्रिया कार्यक्रम, होडिङबोर्ड, भित्ते लेखन, लोगो, संकेत, चिन्ह वा अन्य कुनै पनि माध्यमबाट सूर्तिजन्य पदार्थको विज्ञापन वा प्रवद्र्धन गर्न वा कुनै कार्यक्रम समाचार वा सूचना सम्प्रेषण वा प्रायोजन गर्न पाउने छैन।” भन्ने समेतको व्यवस्था रहेको भनेको छ।
    त्यस्तैगरी भनिएको छ “उपरोक्त ऐन, नियमावली, निर्देशिकामा भएका व्यवस्थाहरुको पालना गर्न गराउनुहुन मन्त्रालय सबैमा हार्दिक अपिल गर्दछ।”

    Screenshot-2025-02-23-161125.png

    प्रतिक्रिया दिनुहोस
    थप समाचार