• बिहीबार , ५ कात्तिक २०८३
  • images

    स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको प्रस्तुतिकरण र अन्तर्वार्ता फागुन १८ र १९ गते हुने

    स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको प्रस्तुतिकरण र अन्तर्वार्ता फागुन १८ र १९ गते हुने

    आइतबार, फागुन ११ २०८१
    आइतबार, फागुन ११ २०८१
    स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको प्रस्तुतिकरण र अन्तर्वार्ता फागुन १८ र १९ गते हुने

    काठमाडौँ, ११ फागुन । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक छनौटका लागि गठित समितिले अल्पसूचीमा परेका १० जनालाई प्रस्तुतिकरण र अन्तर्वार्ताका लागि फागुन १८ गते बोलाएको छ ।
    कार्यकारी निर्देशक छनौटका लागि गठित समितिले एक सूचना जारी गर्दै १० जनालाई प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाएको हो।

    आवेदन स्वीकृत भएका ११ मध्ये १० जनालाई समितिले फागुन १८ गते प्रस्तुतीकरण र १९ गतेलाई अन्तर्वार्ताका लागि समय दिएको छ।

    images


    समितिले आवेदन दिने अन्तिम दिन गत आइतबारसम्म ११ जनाको दरखास्त स्वीकृत भएको भन्दै नामावलीसहितको सूचना प्रकाशित गरेको थियो । 

    समितिले माघ २४ गते  स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरेको थियो।

    हेरौँ सूचीः 

    bima samiti 1 jana.jpg

    प्रतिक्रिया दिनुहोस
    थप समाचार