• आइतबार, १४ भदौ २०८३
  • images

    मेडिकल काउन्सिलमा पाँचजना सदस्य नियुक्त

    मेडिकल काउन्सिलमा पाँचजना सदस्य नियुक्त

    बुधबार, फागुन ७ २०८१
    बुधबार, फागुन ७ २०८१
    मेडिकल काउन्सिलमा पाँचजना सदस्य नियुक्त

    काठमाडौं, ७ फागुन ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल मेडिकल काउन्सिलमा रिक्त रहेका पाँच जना सदस्य नियुक्त गरेको छ। 
    स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले रिक्त रहेका चार जना र डीनहरुमध्येबाट एक जना गरी पाँच जना सदस्य नियुक्त गर्नुभयो।

    सदस्यहरुमा प्राडा आनन्द शर्मा, प्राडा पलेश्वाँ जोशी, डा सन्तोष राज भण्डारी र उपभोक्ताबाट रामेश्वर अधिकारी सदस्यमा नियुक्त हुनुभएको हो ।

    यसैगरी, डीनहरुमध्येबाट काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेसजका डीन डा मनोज हुमगाईं नियुक्त गरिएको छ । 

    विगतमा सदस्यहरु मन्त्रिपरिषदबाट नियुक्त हुने व्यवस्था रहेको थियो। तर नेपाल सरकारको कार्यसम्पादन नियमावलीको आठौं संशोधनले पूर्णकालीन काम गर्ने पदाधिकारी बाहेकको नियुक्त सम्बन्धित मन्त्रीले गर्ने व्यवस्था गरेको छ। सोही व्यवस्था अनुसार मन्त्री पौडेलले काउन्सिलमा सदस्यहरु नियुक्त गरेका हुन्।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार