काठमाडौं, ३० माघ । काठमाडौंको शंखरापुरमा स्कुल बस दुर्घटना हुँदा तीनजना विद्यार्थीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले चाबहिलस्थित मैजुबहालमा रहेको सत्यसाई एकेडेमी स्कुलका विद्यार्थी बोकेको बस दुर्घटनामा परेको जानकारी दिनुभयो ।
बा २ ख ७९५८ नम्बरको स्कुल बस नगरकोट पिकनिक गएर फर्किंदै गर्दा दुर्घटनामा भएको हो ।
जिल्ला प्रहरी प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता बोहोराले तीन जनाको मृत्यु भएको पुष्टि गर्नुभयो । नेपाल मेडिकल कलेज अस्पतालमा एक, शंकरापुर अस्पतालमा एक र टिचिङ अस्पतालमा एक जना गरी तीन जनाको मृत्यु भएको हो ।
उक्त बस ब्रेक फेल भएर आफैं दुर्घटनामा परेको अनुमान गरिएको छ । स्कुलले पिकनिकका लागि उक्त बस रिजर्भ लगेको थियो ।
चाबहिलको मैजुबाहलमा रहेको सत्य साई एकेडेमीका विद्यार्थी बोकेर पिकनिकका लागि गएको बस नगरकोटबाट फर्कने क्रममा करिब ५ बजेतिर दुर्घटनामा परेको हो ।
सिन्धुपाल्चोकको चौतारा घर भएका ३९ वर्षीय मनिष माझीले उक्त बस चलाएका थिए ।
दुर्घटनामा ४० जना घाइते भएका छन् । घाइते मध्ये २४ जनाको पिपुल्स लाइफ केयर अस्पतालमा उपचार भइरहेको छ ।
पिपुल्स लाइफ केयर अस्पतालमा उपचार हुनेहरु:
१)फिलिप लामा बर्ष १०
२)प्रजोल थापा बर्ष १०
३)भिम तामाङ बर्ष ११
४) राम पररियार बर्ष १६
५)सुजन मगर बर्ष १६
६) सिरिसा सिवेदि बर्ष १२
७)प्रकाश बम बर्ष १६
८)साधन बिष्ट बर्ष १२
९)आराध्या शाह बर्ष १०
१०) आशिस तामाङ बर्ष १५
११) स्नेहा राइ बर्ष २१
१२)गंगा ज्वति बर्ष ४२
१३)रन्जित थापा बर्ष १३
१४)सुहाना गुभाजु बर्ष १३
१५)श्रिसान्त पौडेल बर्ष १५
१६)कल्पना रेज्मि बर्ष ३२
१७)बिकल्प श्रेष्ठ बर्ष १०
१८)नाइस्का पाण्डे बर्ष २३
१९) सुविता तामाङ बर्ष १४
२०)निशान्त पौडेल बर्ष १४
२१)सौगात मगर बर्ष १४
२२) अबित खान बर्ष १०
२३) (२ जनाको नामवली आउन बाँकी)
शंखरापुर अस्पतालमा उपचार्थ
१)आदित्य सुनार बर्ष १२
२)धिरज साउद बर्ष १४ ,
३) सन्देश गिरि बर्ष १३
अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा १० जना र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ३ जनाको उपचार भइरहेको छ ।