काठमाडौं, ६ पुस । कान्ति बाल अस्पताल विकास समितिको अध्यक्षमा श्रीराम सुवेदी नियुक्त भएका छन् ।
अध्यक्ष सुवेदीलाई दुई वर्षको लागि नियुक्त गरिएको हो ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलको प्रस्तावमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरेको हो ।
कान्तिमा यसअघि रहेका अध्यक्ष डा बाबुराम गौतमको पदावधी दुई महिना अघि सकिएको थियो ।
यसैगरी मन्त्रिपरिषद् बैठकले पर्साको पोखरिया अस्पताल प्रदेश सरकारले सञ्चालन गर्ने गरी ५० शय्यामा स्तरोन्नति गर्ने निर्णय गरेको छ ।
पोखरिया अस्पताल हालः १५ शय्यामा सञ्चालनमा रहेको छ। पोखरिया अस्पतालको स्तरोन्नति गर्न माग गर्दै राष्ट्रिय मुक्ति पार्टी नेपालले अस्पतालमै असोजमा ११ दिनसम्म धर्ना दिएको थियो।