• सोमबार, २ कात्तिक २०८३
  • images

    मेडिकल व्यवसायी दुर्गा प्रसाँइ रिहा

    मेडिकल व्यवसायी दुर्गा प्रसाँइ रिहा

    हेल्दीखबर
    शुक्रबार, पुस ५ २०८१
    हेल्दीखबर
    शुक्रबार, पुस ५ २०८१
    मेडिकल व्यवसायी दुर्गा प्रसाँइ रिहा

    काठमाडौँ, ५ पुस । मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । 
    सर्वोच्च अदालतले प्रसाइलाई रिहा गर्न आदेश दिएसंगै उनी रिहा भएका हुन् । न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीको  इजलासले उनलाई रिहा गर्न आदेश दिएको हो।
    यसअघि मंसिर २७ गते  विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा धरौटी बुझाएर निस्किनासाथ उनलाई अदालत परिसरबाटै प्रहरीले पक्राउ गरेको थियो। आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको हुनाले उनलाई फेरि पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ।

    दोस्रो पटक दर्ता भएको बन्दी प्रत्यक्षीकरणको रिटमा बन्दीसहित उपस्थित गराउने आदेश भएपछि शुक्रबार उनलाई सर्वोच्चमा हाजिर गराइएको थियो। 

    images

    प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फर्जी कागजात तयार गरी कम्बोडियाको टेलिकममा लगानी रहेको भन्दै प्रचार गरेको घटनामा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीले ४० हजार रुपैयाँ धरौटीमा छाड्न मंसिर २७ गते बिहीबार आदेश दिएका थिए। उक्त धरौटी रकम बुझाउने बित्तिकै उनी फेरि पक्राउ परेका थिए।

    प्रसाईले आफू साइबर अपराधको मुद्दामा धरौटीमा रिहा भए पनि प्रहरीले दुख दिने मनसाय राखेर पुनः पक्राउ गरेकाले साधारण तारेखमा रिहा गर्न माग गरेका थिए।

    भारतीय गुन्डा नाइकेको नाममा भारतबाट नेपालका व्यवसायीलाई धमक्याउन लगाएको र रकम असुल गरेको आरोप उनीमाथि छ।  प्रसाईले भारतीय गुन्डा लरेन्स विश्वोईको नाममा नेपालका व्यवसायीमाथि धम्क्याउन लगाएको अनुसन्धानमा खुलेको थियो। सोहीअनुसार विश्वोईको नाममा नेपालका व्यवसायीलाई धम्क्याउने हरिचन्द्र फुयाललाई सीआईबीले पक्राउ गरिसकेको छ। उनी सीआईबीकै हिरासतमा छन्। उनले प्रसाईकै निर्देशनमा आफूले व्यापारीहरूलाई धम्क्याएको र पाँच लाख रुपैयाँ लिएको बयान सीआईबीलाई दिए थिए।  

    प्रतिक्रिया दिनुहोस
    थप समाचार