• सोमबार, २ कात्तिक २०८३
  • images

    मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ, स्वास्थ्य परिक्षणका लागि वीर अस्पताल लगियो

    मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ, स्वास्थ्य परिक्षणका लागि वीर अस्पताल लगियो

    आइतबार, असोज ६ २०८१
    आइतबार, असोज ६ २०८१
    मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ, स्वास्थ्य परिक्षणका लागि वीर अस्पताल लगियो
    फाइल तस्वीर

    काठमाडौं, ६ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ ।

    विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ पूर्जी जारी भएपछि प्रहरीले भक्तपुरबाट प्रसाईंलाई पक्राउ गरेको हो ।
    पक्राउपछि उनको वीर अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको छ। त्यसपछि उनलाई अदालत लगिएको थियो।
    साइबर व्युरोबाट पक्राउ गर्न गएका प्रहरीका अनुसार एक घण्टासम्म पनि ढोका नखोले पछि प्रहरी टोली भर्‍याङ लगाएर घरको कम्पाउण्डमा प्रवेश गरेका हुन्। त्यसक्रममा हातपातमा उत्रिएका प्रसाईंका अंगरक्षकलाई नियन्त्रणमा लिइएको थियो।
    प्रसाईंलाई पक्राउ गर्न प्रहरी भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ कमेरोटारस्थित उनको घरमै गएको थियो । 
    साइबर ब्यूरोमा उनीविरुद्ध जाहेरी परेपछि जिल्ला अदालत, काठमाडौंले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार