अवस्था सामान्य
काठमाडौँ, ८ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीलाई छातीमा संक्रमण भएपछि अस्पताल भर्ना भएका छन् ।
उहाँलाई फोक्सो सम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो । प्रधानमन्त्री ओलीले बुवालाई फोक्सोसम्बन्धी समस्या देखिएको जानकारी दिए । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, ‘‘बुवालाई फोक्सोसम्बन्धी समस्या भएर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको र स्वास्थ्य सामान्य रहेको छ ।’’ प्रधानमन्त्री ओली शनिबार दिउँसो गरेका थिए ।
अस्पतालका निमित्त निर्देशक डा.घनश्याम गुरुङले छातीमा सङ्व्रmमण भएपछि भर्ना गरिएको जानकारी दिए । उनले मङ्सिर ३ गते प्रधानमन्त्री ओलीका पिता मोहनप्रसादलाई अस्पताल भर्ना गरिएको जानकारी दिदै उपचार पछि सामान्य अवस्था रहेको बताए । ओलीलाई पिसाबबाट समेत रगत चुहिने समस्या देखिएको थियो ।