लागूऔषध कारोबार गरेको आरोप
काठमाडौं, २७ भदौ । डाक्टर ढाकाकुमार श्रेष्ठ पक्राउ परेका छन् ।
लागूऔषध कारोबार गरेको आरोपमा पूर्वसांसद समेत रहेका डा. ढाकाकुमार श्रेष्ठलाई पक्राउ गरिएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वसांसद डा. श्रेष्ठलाई बिहिवार प्रहरीले पोखरास्थित क्लिनिकबाट पक्राउ गरेको हो ।
श्रेष्ठ पोखरा महानगरपालिका वडा नम्बर ९ पृथ्वीचोकमा रहेको दिया फार्मेसीका सञ्चालक हुन् ।
डा. श्रेष्ठको क्लिनिकबाट प्रतिबन्धित लागूऔषध ट्रामाडोल बेचविखन हुने गरेको पाइएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
लागूऔषध ओसारपसार अभियोगमा पक्राउ गरेका एक युवाले श्रेष्ठको क्लिनिकबाट किनेको बयान दिएका थिए । सोही बयानका आधारमा उनलाई नियन्त्रणमा लिएको छ ।