• शनिबार, १ कात्तिक २०८३
  • images

    डा. ढाकाकुमार श्रेष्ठको सांसद पद जोगियो

    डा. ढाकाकुमार श्रेष्ठको सांसद पद जोगियो

    सर्वोच्चद्वारा श्रेष्ठलाई कारबाही गर्नुको कारण माग

    हेल्दीखबर
    सोमबार, वैशाख २५ २०८०
    हेल्दीखबर
    सोमबार, वैशाख २५ २०८०
    डा. ढाकाकुमार श्रेष्ठको सांसद पद जोगियो

    काठमाडौं,२५ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठको पद तत्काल नगुम्ने भएको छ।
      सर्वोच्च अदालतले  अन्तरिम आदेश जारी गर्दै तत्काल सांसद पद नजाने निर्णय गरेको हो।
      मन्त्री बन्नका लागि घुस मागेको अडियो सार्वजनिक भएपछि उहाँको सांसद पद गुमेको थियो। 

    सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको हो।  श्रेष्ठको एकल इजलासले सांसद श्रेष्ठलाई कारबाही गर्नुको कारण माग गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।

    images

    सर्वोच्चले अन्तरिम आदेशबारे छलफलका लागि दुवै पक्षलाई बोलाउने आदेश पनि गरेको छ। अल्पकालीन अन्तरिम आदेश जारी भएको र अन्तरिम आदेशका लागि सर्वोच्चले छलफलमा बोलाएकाले श्रेष्ठको सांसद पद तत्कालका लागि कायमै रहेको छ।

    आफ्नो दल रास्ट्रिय स्वतन्त्र पार्टी र संसद्‌ सचिवालयलाई विपक्षी बनाउँदै श्रेष्ठले वैशाख २४ गते सर्वोच्चमा रिट दायर गर्नुभएको थियो। 

    आफू स्वास्थ्यमन्त्री हुन लागेको र सभापति रवि लामिछानेको ‘कोर टिम’बाट पैसा मागिएको भन्दै श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको थियो। 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार