• मंगलबार, २७ असोज २०८३
  • images

    डा रविन खड्कालाई उत्कृष्ट निजामती पुरस्कार

    डा रविन खड्कालाई उत्कृष्ट निजामती पुरस्कार

    मंगलबार, भदौ ४ २०८१
    मंगलबार, भदौ ४ २०८१
    डा रविन खड्कालाई उत्कृष्ट निजामती पुरस्कार

    सुर्खेत, ४ भदौ । कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा रविन खड्कालाई  उत्कृष्ट  निजामती पुरस्कार प्रदान गरिएको छ ।
     
     कर्णाली प्रदेश स्थापना दिवसको अवसरमा खड्कालाइ उत्कृष्ट  निजामती पुरस्कार प्रदान गरिएको हो। 
    डा खड्काले प्रदेशको स्वास्थ्य सेवा निर्देशनालयमा बसेर गरेको कार्यको मूल्यांकन गर्दै पुरस्कार प्रदान गरिएको हो। पुरस्कारबाट आफूलाई हौसला मिलेको डा खड्काले बताएका छन्। 

    खड्काले क्लिनिकल दक्षता थाती राखेर समग्र स्वास्थ्य सेवाका लागि दिएको योगदानको मूल्याकंनका रुपमा यसलाई लिएको बताए ।
     उनले सामाजिक संजालमा लेखेका छन् 'क्लिनिकल दक्षतालाई करिब-करिब तिलान्जली दिएर आफ्नो प्रदेश भनी लामो समयदेखी समग्र स्वास्थ्य क्षत्रमा  बलबुताले सकेसम्मको दिएको सेवाको उच्च मूल्यांकन  गर्दै प्रदेश स्थापना दिवसको उपलक्ष्यमा उत्कृस्ट निजामती पुरस्कारद्वारा सम्मान गर्नुभएकोमा कर्णाली प्रदेश सरकार र सम्पूर्ण सुभेच्छुहरुमा हार्दिक आभार।'
     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार