• बिहीबार , २९ असोज २०८३
  • images
    images

    दश निजी मेडिकल कलेजसहित १२ स्वास्थ्य संस्थाबाट स्वास्थ्य बीमा  सुरु 

    दश निजी मेडिकल कलेजसहित १२ स्वास्थ्य संस्थाबाट स्वास्थ्य बीमा  सुरु 

    मंगलबार, साउन १ २०८१
    मंगलबार, साउन १ २०८१
    दश निजी मेडिकल कलेजसहित १२ स्वास्थ्य संस्थाबाट स्वास्थ्य बीमा  सुरु 

    काठमाडौँ, १ साउन । साउन १ गतेदेखि देशका १० वटा मेडिकल कलेज तथा शिक्षण अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको छ । 
    दश निजी मेडिकल कलेज तथा  २ वटा आँखाको अस्पताल सहित १२ वटा स्वास्थ्य संस्थामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा आएको हो । 

    गत १८ जेठमा स्वास्थ्य बीमा बोर्डसंग भएको सम्झौँता अनुसार साउन १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको हो । 

    images


    स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले  आजबाट  सेवा दिने १० वटा मेडिकल कलेज तथा टिचिङ अस्पतालहरुमध्ये चारवटा काठमाडौँ उपत्यकाका र उपत्यका बाहिरका छ वटा रहेको जानकारी दिईन । 

     ती अस्पतालहरुमा काठमाडौँ मेडिकल कलेज टिचिङ हस्पिटल (केएमसी अस्पताल) सिनामंगल काठमाडौँ, मनमोहन मेडिकल कलेज शिक्षण अस्पताल सितापाइला काठमाडौँ, नेपाल मेडिकल कलेज शिक्षण अस्पताल जोरपाटी र किष्ट मेडिकल कलेज टिचिङ हस्पिटल ग्वार्को रहेका छन् ।

    यस्तै उपत्यका बाहिरका मेडिकल कलेजहरुमा बीएण्डसी मेडिकल कलेज शिक्षण अस्पताल झापा, नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल बिराटनगर, बिराट मेडिकल कलेज शिक्षण अस्पताल बिराटनगर, चितवन मेडिकल कलेज शिक्षण अस्पताल भरतपुर, देवदह मेडिकल कलेज खैरेनी रुपन्देही, र नेपालगञ्ज मेडिकल कलेज बाँके रहेका छन् ।

    यस्तै आजबाट स्वास्थ्य बीमा सञ्चालन हुने दुई वटा आँखा अस्पतालहरुमा बिर्ताज्योति आईकेयर प्रालि झापा र दृष्टि आई अस्पताल पोखरा रहेका छन् ।

    आज देखि स्वास्थ्य बीमा सुरु गरेका यी अधिकांश मेडिकल कलेज तथा शिक्षण अस्पताल पहिले सेवा दिएर बीचमा स्वास्थ्य बीमा कार्यक्रम छोडेकाहरु हुन् । तीन वर्ष अघि सरकारले ल्याएको बजेटमा स्वास्थ्य बीमा कार्यक्रम निजी क्षेत्रमा सञ्चालन नगरिने विषय आएपछि उनीहरुले स्वास्थ्य बीमा कार्यक्रम रोकेका थिए । तर पछि उनीहरुले पुन स्वास्थ्य वीमा कार्यक्रम सञ्चालन गर्न पाउँ भन्दै सरकारसंग माग गर्दै आएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार