• शुक्रबार, ६ कात्तिक २०८३
  • images

    गर्मी मौसमसंगै  झाडापखाला र ज्वरोका बिरामी बढे

    गर्मी मौसमसंगै  झाडापखाला र ज्वरोका बिरामी बढे

    सोमबार, असार ३१ २०८१
    सोमबार, असार ३१ २०८१
    गर्मी मौसमसंगै  झाडापखाला र ज्वरोका बिरामी बढे

    तनहुँ, ३१ असार । मौसम परिवर्तनसँगै गर्मी बढेकाले दमौली अस्पतालमा भाइरल ज्वरो र झाडापखालाका बिरामीको सङ्ख्या बढेको छ । अस्पतालले दिएको जानकारी अनुसार पछिल्लो केहीदिनयता मौसमी रुघाखोकी, ज्वरो, टाइफाइड, निमोनियालगायत बिरामीको सङ्ख्या बढेको हो । 

    उपचारमा आउनेमध्ये रुघाखोकी, भाइरल ज्वरो र पखालाका बिरामी अधिकांश हुने गरेका दमौली अस्पतालका प्रमुख डा. परिवर्तन बरालले जानकारी दिनुभयो । उहाँका अनुसार दैनिक तीन सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । 

    images

    वर्षायाम र खेती लगाउने समय भएकाले एक सातादेखि बिरामीको सङ्ख्या घटेको छ, तर उपचारका लागि आउने अधिकांशमा मौसमी ज्वरो, रुघाखोकीको समस्या देखिएको छ”, डा बरालले भन्नुभयो “अन्य समयमा चार सयभन्दा बढी बिरामी आउने गर्दछन् ।” 

    मौसमी सङ्क्रमणबाट जोगिन बिरामीले पानी उमालेर प्रशस्त मात्रामा पिउने, शरीरमा पानी तथा झोलिलो खानेकुरा बढी सेवन गर्ने, आराम गर्ने, र ज्वरो आएको अवस्थामा सिटामोल वा चिकित्सकको सल्लाहमा औषधि सेवन गर्नुपर्ने डा. बरालले जानकारी दिनुभयो ।  

    अस्पतालमा सेवा सुविधा प्रभावकारी भएसँगै तनहुँसहित छिमेकी जिल्ला गोरखा, लमजुङ र कास्कीका केही स्थानबाट बिरामी उपचारका लागि आउने गरेका छन् । टाइफाइड खानेपानी र खानाबाट सर्ने भएकाले सफा पानी पिउन र स्वस्थकर खाना खान बिरामीलाई सुझाव दिइएको चिकित्सक बताउँछन् । 

    मौसमी रुघाखोकी लागेका व्यक्तिलाई निको हुन कम्तीमा एक हप्तादेखि दुई हप्तासम्म लाग्नसक्ने अस्पतालका सूचना अधिकारी एवं डा कमल भण्डारीले जानकारी दिनुभयो । जिल्लामा पछिल्ला समय डेङ्गुका बिरामी देखिएका छैनन्”, उहाँले भन्नुभयो, “लामखुट्टेको टोकाइबाट बच्न सतर्कतासँगै सरसफाइमा ध्यान दिनुपर्छ । पानी जम्ने खाल्डाखुल्डी घर वरपर नराख्ने, नियमित झुलको प्रयोग गर्नेलगायत उपाय अपनाउन सकिन्छ ।” 

    जिल्लाका अन्य मेडिकल तथा निजी क्लिनिकमा पनि भाइरल ज्वरो र झाडापखालाका बिरामीको चाप बढ्दै गएको जनाइएको छ । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार