चितवन, २७ फागुन । चितवनको बकुलहर रत्ननगर अस्पतालमा टिकट काट्न लाइनमा बसेका ३४ बर्षीय युवकको ढलेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा रत्ननगर वडा नं ३ लौरीघोलका जीवनबाबु थापामगर रहेका छन् । मुटु जाँच गर्नका लागि टिकट काट्न लाइनमा बसेको केही बेरमै उनको ढलेर मृत्यु भएको हो ।
प्रत्यक्षदर्शीहरुका अनुसार अस्पतालमा एक्कासी ढलेपछि उनलाई अस्पतालको आकस्मिक कक्षमा पुर्याइएको थियो । उनि मुटु दुखेपछि मोटरसाइकलमा एक्लै अस्पताल पुगेका थिए ।अस्पतालका डाक्टरहरुले थापामगरको हृदयघात भएर मृत्यु भएको हुन सक्ने अनुमान गरेका छन् ।