• बिहीबार , २९ असोज २०८३
  • images
    images

    स्वास्थ्य मन्त्रालय एकीकृत समाजवादीको भागमा

    स्वास्थ्य मन्त्रालय एकीकृत समाजवादीको भागमा

    टुंगियो मन्त्रालयको भागबन्डा

    बुधबार, फागुन २३ २०८०
    बुधबार, फागुन २३ २०८०
    स्वास्थ्य मन्त्रालय एकीकृत समाजवादीको भागमा

    काठमाडौं,२३ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय एकीकृत समाजवादीको भागमा परेको छ ।
    सत्ता गठबन्धनका तीन दलको बैठकको निर्णय अनुसार स्वास्थ्य मन्त्रालय एकीकृत समाजवादी पार्टीको भागमा परेको हो। दलको बैठकले मन्त्रीको नाम तय गरेका छन्। मन्त्रालय भागबन्डा समेत गरिसकेपछि नाम तय गरेका हुन्।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बन्ने मन्त्रीमण्डलमा तीनजना उपप्रधानमन्त्री बनिसकेका छन्। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव आफैंले नेतृत्व गर्दा चारजना हुनेछन्।

    images

    एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले अझै नाम टुंग्याउन सकेका छैनन्। 
    हेर्नुहोस् सूची
    १. पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री 
    २ नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र मन्त्रालय
    ३. वर्षमान पुन, अर्थ मन्त्रालय
    ४. शक्तिबहादुर बस्नेत, ऊर्जा तथा सिँचाइ मन्त्रालय
    ५. रेखा शर्मा, सूचना, सञ्चार  तथा प्रविधि मन्त्रालय
    ६. हितबहादुर तामाङ, पर्यटन  तथा संस्कृति मन्त्रालय
    नेकपा एमाले
    १. रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रालय
    २. राजेन्द्रकुमार राई, मन्त्री भूमि व्यवस्था तथा सहकारी मन्त्रालय
    ३. पदम गिरी मन्त्री, कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय
    ४. बलराम अधिकारी मन्त्रालय, वन तथा वातावरण मन्त्रालय (हेरफेर हुन सक्ने)
    ५. भगवती चौधरी मन्त्री, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
    ६. दामोदर भण्डारी मन्त्री, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय
    ७. हरि उप्रेती मन्त्री, रक्षा मन्त्रालय
    ८. ज्वालाकुमारी साह कृषि मन्त्रालय
    राष्ट्रिय स्वतन्त्र पार्टी
    १. रवि लामिछाने, उपप्रधान तथा गृह मन्त्रालय
    २. सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
    ३. बिराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्रालय
    ४. डोलप्रसाद अर्याल (डिपी) श्रम मन्त्रालय 
    एकीकृत समाजवादी 
    १ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
    २ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
    जनता समाजवादी पार्टी 
    १ सहरी विकास मन्त्रालय
    २ खानेपानी मन्त्रालय 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार