• मंगलबार, २७ असोज २०८३
  • images

    स्वास्थ्य पत्रकार सुनारलाई राधा क्यान्सर सचेतना राष्ट्रिय पत्रकारिता पुरस्कार

    स्वास्थ्य पत्रकार सुनारलाई राधा क्यान्सर सचेतना राष्ट्रिय पत्रकारिता पुरस्कार

    बुधबार, फागुन ९ २०८०
    बुधबार, फागुन ९ २०८०
    स्वास्थ्य पत्रकार सुनारलाई राधा क्यान्सर सचेतना राष्ट्रिय पत्रकारिता पुरस्कार

    कावासोती , ९ फागुन । राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार यस वर्ष पवित्रा सुनारलाई प्रदान गरिएको छ ।

    पुरस्कारको यो चौथो संस्करण हो । राधा क्यान्सर सचेतना फाउण्डेसनद्वारा स्थापित अक्षयकोषबाट हरेक वर्ष  प्रदान गरिने २० हजार रुपैयाँ राशिको राधा क्यान्सर सचेतना तथा हिंसा विरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कारका लागि यस वर्ष  परेका आवेदकमध्येबाट नागरिक दैनिकमा कार्यरत सूर्यविनायक ३ भक्तपुरका पवित्रा सुनारलाई छनोट गरिएको हो ।

     

    puraskrit pabitra sunar.jpg
    undefined

    आज कावासोती २ स्थित लक्ष्मीनारायण मन्दिर परिसरमा एक कार्यक्रमकाबिच पुरस्कार वितरण गरिएको हो  । कार्यक्रमलाई सम्बोधन गर्दै  कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य बिन्दु पौडेलले क्यान्सर न्यूनीकरण गर्न सबै एकजुट हुनुपर्ने बताइन ।  खानपानकै कारण क्यान्सरलगायतका नसर्ने रोगको जोखिम बढ्ने भएकाले सर्वसाधारणलाई सचेत गराउन आवश्यक रहेको उनको भनाइ छ ।   क्यान्सर सचेतना तथा हिंसा न्यूनीकरणमा संस्थाले गरेको कामको प्रशंसा गरिन । उनले पुरस्कार राशि बढाउन तथा संस्थालाई बलियो बनाउन आफूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । 

    क्यान्सर पीडितहरूलाई सरकारले दिने रकम बढाउन आफूले पहल गर्ने उनले बताइन् । 

    यस्तै कार्यक्रममा आयुर्वेद स्वास्थ्यकर्मी समाजका केन्द्रीय अध्यक्ष गोकुल पराजुलीले सरकारले जनचेतना बढाउन सके क्यान्सर नियन्त्रण गर्न सकिने विश्वास व्यक्त गरे । 

    Pabitra sunar puraskar.jpg
    undefined

    यस्तै कार्यक्रममा बोल्दै प्राकृतिक चिकित्सालय रजहरका निर्देशक डा. विनोद पौडेलले जीवनशैली परिवर्तन गर्न सकेमा क्यान्सरजन्य रोग नियन्त्रण गर्न सकिनेमा जोड दिए । करिब ९० प्रतिशत मानिस खानपानमा ध्यान नदिँदा क्यान्सरजस्तो घातक रोगको सिकार भएको बताए । स्वस्थ जीवनशैली अपनाउने र निरन्तर योग र ध्यान गर्न सकेमा नसर्ने रोगको जोखिम कम गर्न सकिने उनले बताए । पछिल्लो समयमा महिलाहरूको स्तन, पाठेघर क्यान्सर पनि बढ्दो रहेकाले यसबारे जनचेतना जगाउन सके मात्र पनि क्यान्सरका बिरामीको सङ्ख्या कम हुने चिकित्सकहरूको भनाइ छ ।  

      कार्यक्रममा कावासोती नगरपालिका २ का वडाध्यक्ष शिव पाण्डे, नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्मालगायतले स्वर्गीय राधा  बस्यालले लामो समयसम्म पत्रकारितामा पु¥याएको  योगदानको चर्चा गर्दै क्यान्सर जस्तो भयावह रोगबाट बच्न जनस्तरमा जनचेतना फैलाउन आवश्यक रहेको बताए  ।  आफू रोगसँग लडिरहेको अवस्थामा पनि समाजप्रति गरेको उहाँको योगदानलाई भुल्न नहुने भन्दै क्यान्सर तथा हिंसामा परेका व्यक्तिको पत्रकारिताबाट नै न्यूनीकरण गर्न सकिने बताए । कार्यक्रममा फाउण्डेसनका अध्यक्ष प्रकाश बस्यालले सरकाले क्यान्सर पीडितलाई उपचारकालागि दिने रकम बढाउनुपर्नेमा जोड दिए ।  क्यान्सरको उपचार महँगो भएकाले सरकारले दिने एक लाख रुपैयाँ कम भएको बताए । सरकारले क्यान्सर पीडितको तथ्याङ्क नहुँदा नीति समेत बन्न नसकेको बताए । साथै सुर्तीजन्य पदार्थको करबाट सङ्कलन भएको रकम क्यान्सर सचेतनामा लगाउनुपर्ने बताए ।   बस्यालले सन् २०५० सम्ममा नेपालमा क्यान्सरका रोगी ९१ प्रतिशतले बढ्ने डब्लुएचओको प्रक्षेपणलाई गम्भिरताकासाथ लिन पनि आग्रह गरे । सरकारले उपचारात्मक भन्दापनि रोग लाग्नै नदिने नीति लिनुपर्ने उनले बताए । विसं २०४८ सालमा जन्मिएकी पत्रकार राधा बस्यालको २०७७ कार्तिक १४ गतेका दिन स्तन क्यान्सरको कारणले निधन भएको थियो । एकदशक भन्दा लामो समयदेखि नवलपुरमा रहेर पत्रकारिता गर्दै आएकी थिइन ।   

    समाजमा महिला हिंसा र स्तन क्यान्सरको विषयमा सचेतना अभियान सञ्चालन गर्न राधा क्यान्सर फाउन्डेसनको स्थापना गरेर गाउँ गाउँमा सचेतना अभियानसमेत चलाउनुभएकी बस्यालको निधनपछि फाउन्डेसनलाई उहाँका भाइ पत्रकार प्रकाश बस्यालले निरन्तरता दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार