काठमाडौं, २४ माघ । जनस्वास्थ्यविद डा.करुणा लक्ष्मी शाक्यको क्यान्सर रोगबाट निधन भएको छ ।
सोमबार ललितपुर पुल्चोकस्थित आफ्नै घरमा उनको निधन भएको हो ।
५६ वर्षीया शाक्य विगत २ वर्षदेखि डिम्बाशयको क्यान्सरबाट पीडित थिइन् । जनस्वास्थ्य विषयमा विद्याबारिधि गरेकी शाक्य अविवाहित हुन् ।
डा.शाक्य नयाँ बानेश्वरस्थित सिष्ट कलेजमा सिसर्च कमिटीमा आवद्ध थिइन् । कलेज स्थापनादेखि आवद्ध थिइन् ।
पछिल्लो समय ऊनी क्यान्सरको उपचार गराइरहेकी थिइन् । उनको निधनमा शिष्ट कलेजले श्रद्धाञ्जली व्यक्त गरेको छ ।