• शुक्रबार, ६ कात्तिक २०८३
  • images

     मुगुमा विशेषज्ञ डाक्टर र औषधि पठाउन नेविसंघको माग

     मुगुमा विशेषज्ञ डाक्टर र औषधि पठाउन नेविसंघको माग

    शुक्रबार, माघ १२ २०८०
    शुक्रबार, माघ १२ २०८०
     मुगुमा विशेषज्ञ डाक्टर र औषधि पठाउन नेविसंघको माग

    काठमाडौं,१२ माघ । भाइरल ज्वरोका ३ जना बिरामीको मृत्यु भएपछि नेपाल विद्यार्थी संघले मुगुमा थप उपचारका लागि विशेष चिकित्सकसहित औषधी पठाउन  माग गरेको छ।

    मुगुको सोरू गाउँपालिकामा भाइरल ज्वरोका कारण ३ जनाको मृत्यु भइसकेको कयौं बिरामी रहेको भन्दै नेविसंघले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर चिकित्सक टोली पठाउन आग्रह गरेको हो। 

    images

    समन्वयको अभावले समयमै सेवा पुग्न नसक्नु र संविधान प्रद्धत निशुल्क स्वाथ्य सेवाको सुविधा जनतालाई दिन नसक्नु सरकारको गम्भीर लापरवाहि रहेको नेपाल विद्यार्थी संघले जनाएको छ।

      तत्काल विशेषज्ञ डाक्टर सहितको टिम बनाइ सोरु गाउँपालिकाका गाउँहरुमा  आवश्यक पर्ने औषधिको व्यवस्था गर्न समेत संघले माग गरेको छ।

    420093837_397727942673615_1220883583961421175_n-1706260619.jpg

    प्रतिक्रिया दिनुहोस
    थप समाचार