• बुधबार, २५ कात्तिक २०८३
  • images
    images

    चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जनाको नाम छनोटमा

    चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जनाको नाम छनोटमा

    प्रस्तुतीकरण र अन्तर्वार्ता १८ गते हुने

    हेल्दीखबर
    आइतबार, मंसिर १७ २०८०
    हेल्दीखबर
    आइतबार, मंसिर १७ २०८०
    चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जनाको नाम छनोटमा

    काठमाडौं, १७ मंसिर । चिकित्सा शिक्षा आयोगको रिक्त चार निर्देशक पदका लागि १२ जनाको नाम सिफारिस भएको छ ।

    आवेदन दिएका व्यक्तिमध्ये प्रारम्भिक छनोट (सर्ट लिष्ट)मा १२ जनाको नाम सिफारिस गरिएको हो ।

    आयोगको नाम सिफारसि समितिले आवेदन दिएका २० जनामध्ये सबैको विवरण अध्ययनपछि उच्च नम्बर प्राप्त गर्ने १२ जनालाई सर्ट लिष्ट गरेको हो।

    सर्ट लिष्टमा परेका १२ जनालाई सिफारिस समितिले प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाएको छ। प्रस्तुतीकरण र अन्तर्वार्तामा उत्कृष्ट नम्बर ल्याउने ४ जना आयोगको निर्देशकमा सिफारिस हुने छन्।

    निर्देशकका लागि नाम सिफारिस गर्न गठित समितिले अघिल्लो मंगलबार सूचना निकाल्दै ७ दिनभित्र आवेदन दिन भनेको थियो। समितिले मापदण्ड तथा प्रत्यायन निर्देशनालय, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज गरी तीन वटा निर्देशनालय र एक बोर्डमा निर्देशक नियुक्तिका लागि नाम सिफारिस गर्ने छ। 

    समितिको संयोजकमा राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाल रहेका छन् भने समितिमा प्राडा रमेशकान्त अधिकारी र प्राडा बुद्धिबहादुर थापा सदस्य छन्।

    यी हुन् सर्ट लिष्टमा परेका १२ जना: 

    short list.jpg

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार