जेष्ठनागरिक तथा दीर्घरोगका बिरामीलाई स्वास्थ्यलाभको कामना
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अरोगिन केयर होममा गएका छन् ।
नियमित मेडिकल तथा नर्सिङ केयरको आवश्यक पर्ने जेष्ठ नागरिक तथा दीर्घरोगीहरुलाई भर्ना गरेरै सेवा दिइरहेको अरोगिन केयर होममा पुगी प्रचण्डले शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
विशेष नर्सिङ केयरमा बसिरहेका जेष्ठ नागरिक तथा दीर्घरोगीहरुको आफन्त तथा अन्य बिरामीहरूलाई भेट्न काठमाडौंको बिसालनगरस्थित अरोगिन केयर होम पुगेका प्रधानमन्त्री प्रचण्डले अवलोकन गर्दै स्वास्थ्यलाभको कामना गरेका हुन्।

केयरहोम पुगेका प्रधानमन्त्री प्रचण्डलाई अरोगिन केयर होमका प्रबन्ध निर्देशक प्रीतमराज नेपाल तथा महाप्रबन्धक जानुका बिष्ट लगायत संस्थाका सम्पूर्ण कर्मचारीहरुले हार्दिक स्वागत गरेका थिए।
बिरामीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिदै प्रधानमन्त्रीले अरोगिन केयर होमले प्रदान गर्ने विभिन्न सेवाहरूबारे चासो राखेका थिए।
प्रधानमन्त्रीको उपस्थिति तथा केयर होमको कामबारे गरेको प्रशंसाले सेवा गर्नै सबैको हौसला मनोबल बढेको महाप्रबन्धक बिष्टले बताइन्।
अरोगिन केयर होममा नियमित मेडिकल तथा नर्सिङ केयरको आवश्यक पर्ने जेष्ठ नागरिक तथा दीर्घरोगीहरुको लागि सेवा दिने एक उत्कृष्ट, विश्वसनीय तथा अग्रणी संस्था हो।