काठमाडौं,२१ कार्तिक ।टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकमा डा. राजनराज भट्ट नियुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेहरूले डा. रुना झा लाई हटाएर भट्टलाई निर्देशकमा नियुक्त गरेका हुन् ।
मन्त्री मोहनबहादुर बस्नेतले मन्त्री स्तरीय निर्णय गर्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नै कार्यरत ११औं तहका डा भट्टलाई निर्देशकको जिम्मेवारी दिएका हुन्।
यसैगरी कान्ति बाल अस्पतालमा कार्यरत ११औं तहकी नर्स रोशनी लक्ष्मी तुईतुईको पनि सरुवा भएको छ। उनलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सरुवा गरिएको छ।
मन्त्री बस्नेतले स्वास्थ्य सेवा विभाग टेकुमा कार्यरत अधिकृत दशौं तहका उपेन्द्र ढुंगानालाई स्वास्थ्य मन्त्रालयमा रहेको स्वास्थ्य आपतकालिन तथा विपद् व्यवस्थापन इकाइमा सरुवा गरेका छन्।
ढुंगानालाई जाजरकोट केन्द्रित भूकम्पबाट सिर्जित विपद व्यवस्थापनमा सहजीकरण गर्ने गरी इकाइमा ल्याइएको हो।