• बुधबार, ४ कात्तिक २०८३
  • images

    लेबनानमा नेपाली शान्ति सैनिक घाइते

    लेबनानमा नेपाली शान्ति सैनिक घाइते

    हेल्दीखबर
    आइतबार, कात्तिक १२ २०८०
    हेल्दीखबर
    आइतबार, कात्तिक १२ २०८०
    लेबनानमा  नेपाली शान्ति सैनिक घाइते


    काठमाडौँ, १२ कात्तिक । लेबनानमा तैनाथ संयुक्त राष्ट्रसंघघीय अन्तरिम फौजअन्तर्गत खटिएका एक नेपाली शान्ति सैनिक घाइते भएका छन् । 
    नेपाली सैनिक रहेको संयुक्त राष्ट्रसंघघीय पोष्ट ८–३३ नजिक सम्भावित इजरायली डिफेन्स फोर्स र हिजबुल्ला समूहबीचको आर्टिलरी÷रकेट÷मोर्टार प्रहारका क्रममा यही कात्तिक ११ गते राति ती हतियारको सेल खसेर ती सैनिक घाइते भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 
    घाइते सैनिकको नाम खुलाइएको छैन। 
    उक्त सेलको टुक्रा बङ्करमा रहेका ती शान्ति सैनिकको दाहिने पेट र पाखुरामा लागेको थियो।

    घाइते सैनिकको हाल नाकुरास्थित शान्ति मिसनको अस्पतालमा उपचार भइरहेको छ। हाल निजको अवस्था सामान्य रहेको छ।

    images

     त्यहाँस्थित अन्य नेपाली शान्ति सैनिक सकुशल रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए।

    लेबनानमा संयुक्त राष्ट्रसंघघीय अन्तरिम फौजमा डेपुटी कमाण्डर र अन्य अधिकृत कर्मचारी गरी ८७४ नेपाली शान्ति सैनिक कार्यरत छन्। 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार