• बुधबार, ४ कात्तिक २०८३
  • images

    प्रधानमन्त्री प्रचण्डको नर्भिक अस्पतालमा स्वास्थ्य परीक्षण, सबै रिपोर्ट सामान्य

    प्रधानमन्त्री प्रचण्डको नर्भिक अस्पतालमा स्वास्थ्य परीक्षण, सबै रिपोर्ट सामान्य

    हेल्दीखबर
    मंगलबार, असोज ३० २०८०
    हेल्दीखबर
    मंगलबार, असोज ३० २०८०
    प्रधानमन्त्री प्रचण्डको नर्भिक अस्पतालमा स्वास्थ्य परीक्षण, सबै रिपोर्ट सामान्य

    काठमाडौँ, ३० असोज । छातीमा असहज महसुस भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भई स्वास्थ्य परीक्षण गरिएको छ । 


    मंगलबार दिउसो देखि छातीमा असहज महसुस भएपछि प्रचण्डलाई साँझ नर्भिक अस्पताल लगेर स्वास्थ्य परीक्षण गरिएको हो । 
    उनको उपचारमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. यादव भट्ट र डा.शिवजी सिलवालको नेतृत्वमा भएको थियो । 

    images


    नर्भिक अस्पतालका मुटुरोग विशेषज्ञ डा. सिवजी सिलवालले दिएको जानकारी अनुसार छाती र पेटबीचमा डिसकम्फर्ट भएपछि मंगलबार साँझ अस्पताल ल्याइएको थियो । 


    ‘अहिले त उहाँलाई खास समस्या देखिएको छैन तर दिउसो छाती र पेटबीचको भागमा डिसकम्फर्ट महसुस भएको थियो । उनले रिष्क नलिने भन्दै एनजिओग्राफी गरिएको जानकारी दिए । 


    सबै रिपोर्ट नर्मल छ , सायद आजै डिस्चार्ज हुनुहुन्छ होला,डा. सिलवालले भने ।  

     

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार