• शुक्रबार, ३० असोज २०८३
  • images

    रुकुम पश्चिममा पहिलो ब्लड बैंक सञ्चालनमा

    रुकुम पश्चिममा पहिलो ब्लड बैंक सञ्चालनमा

    हेल्दीखबर
    मंगलबार, साउन २ २०८०
    हेल्दीखबर
    मंगलबार, साउन २ २०८०
    रुकुम पश्चिममा पहिलो ब्लड बैंक सञ्चालनमा

    रुकुम, २ श्रावण । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा पहिलो पटक ब्लड बैंक सञ्चालनमा आएको छ ।

    नेपाल रेडक्रस सोसाइटी चौरजहारी शाखाको पहल र चौरजहारी नगरपालिकाको लगानीमा वडा नं १ मा ब्लड बैंक सञ्चालनमा आएको हो ।

    images

    दुई वर्ष अघि ब्लड बैंक स्थापनाको तयारी भए पनि बीचमा यो काम अलपत्र परेको थियो । अलपत्र परेको ब्लड बैंक निर्माण हाल पूरा भएको रेडक्रस चौरजहारी शाखाका कोषाध्यक्ष गोपाल लामिछानेको भनाइ छ ।

    ब्लड बैंक निर्माणका लागि हालसम्म ४० लाख खर्च भइसकेको छ । जसमध्ये भवन निर्माणमा २८ लाख र बाँकी रकम उपकरण व्यवस्थापनमा खर्च भएको उनले जानकारी दिए । भवन निर्माणसहित शय्या, फर्निचर, कार्यालय व्यवस्थापन, सोलार, तारबारलगायतका काम सोही बजेटबाट भएको उनको भनाइ छ ।

    ब्लड बैंक स्थापना भएपछि अब चौरजहारी अस्पताल र जिल्ला अस्पताल सल्लेमा रगत अभाव नहुने विश्वास लिइएको छ । हाल सुत्केरी, गर्भवती, विभिन्न दुर्घटनामा परेका घाइते तथा विभिन्न बिरामीलाई रगत आवश्यक पर्दा विभिन्न व्यक्तिलाई गुहार्नुपर्ने बाध्यता छ ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार