• बिहीबार , २९ असोज २०८३
  • images
    images

    दुई दिने निःशुल्क आँखा शिविर, ५२१ जना लाभान्वित

    दुई दिने निःशुल्क आँखा शिविर, ५२१ जना लाभान्वित

    हेल्दीखबर
    आइतबार, असार १० २०८०
    हेल्दीखबर
    आइतबार, असार १० २०८०
    दुई दिने निःशुल्क आँखा शिविर, ५२१ जना लाभान्वित

     

    काठमाडौँ, ९ असार । बीएम फाउन्डेशन र केडीसी अस्पतालको आयोजनामा स्याङ्जाको चापाकोटमा दुई दिने निशुल्क आँखा शिविर गरिएको छ । 

    images

    गत मंगलबार देखि विहीबारसम्म सञ्चालन गरिएको शिविरमा ५२१ जनाले आँखा जाँच गराएका थिए ।

    केडीसीका सञ्चालक समेत रहेका बीएम फाउण्डेशनका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले निशुल्क आँखा शिविर चापाकोट नगरपालिकाको तीन स्थानमा गरिएको बताउनुभयो । उहाँका नुसार चापाकोट १ को भानु माविमा गरिएको शिविरमा १७१ जना, चापाकोट ९ को बैडी माविमा १५० जना र बुद्ध सामुदायिक स्कुलमा २०० जना गरी कुल ५२१ जनाको परीक्षण गरिएको हो ।

    शिविरमा मधुमेह रोगले आँखामा पार्ने असर डायविटिक रेटिनोप्याथीबारेमा समेत प्रशिक्षण गरिएको थियो । सो प्रशिक्षणमा २३ देखि ५० वर्ष उमेर समूहका ३७ जना सहभागी थिए।

    शिविरका लागि ओयूआई जापानका डा रोहन, केसीडीको आँखा विभागबाट नेत्र चिकित्सक डा रोहित यादव, डा. अविनाशकुमार झा, नेत्र सहायक दिपीका गौतम लगायतको टोली खटिएको थियो ।

    शिविरमा दृष्टि सम्वन्धी समस्या भएको प्रसबायोपिया २८ जनामा, आँखा सुख्खा हुने समस्या २४ जनामा, अकुलर एलर्जी २० जनामा भेटिएको थियो । 

    यस्तै आँखासम्वन्धी रोगहरु आईएमएससी, भीकेसी, सीएनएलडी ब्लक लगायतका समस्या १७ जनामा पाइएको थियो ।

    शिविरका लागि ओयुआई जापान र ताइवान प्रिभेन्ट व्लाइन्डनेश फाउन्डेशनको सहयोग थियो ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार