• शनिबार, १ कात्तिक २०८३
  • images

    मृत घोषित नर्सको एक सातापछि मृत्यु

    मृत घोषित नर्सको एक सातापछि मृत्यु

    हेल्दीखबर
    सोमबार, असार ४ २०८०
    हेल्दीखबर
    सोमबार, असार ४ २०८०
    मृत घोषित नर्सको एक सातापछि मृत्यु

    काठमाडौं, ४ असार । दक्षिण अमेरिकी देश इक्वेडरमा एक अनौठो घटना भएको छ । मृत्युभएको भनेर अन्त्येष्टिको तयारी गरिरहँदा मृत महिला जीवित नै फैला पर्नुभयो ।

    इक्वेडोरको बाबहोयो शहर निवासी ७६ वर्षीया बेल्ला मोन्टोया सेवा निवृत्त नर्स हुनुहो । दी गार्सियन्सका अनुसार सम्भावित स्ट्रोक र कार्डियोपल्मोनरी अरेस्टका कारण उहाँलाई जुन ९ मा अस्पतालको इमर्जेन्सी लगिएको थियो। ड्यूटीमा रहेका डाक्टरले मृत घोषित गरिदिए । 

    images

    परिवारका सदस्यलाई मृत्युको प्रमाणपत्र पनि दिए । त्यसपछि त्यसपछि परिवारले अन्त्येष्टि गृहमा ल्याए ।

    छोरा गिल्बर्टाे बारबेराले समाचार एजेन्सी एपीलाई बताएअनुसार अन्त्येष्टिको तयारी भइरहँदा कफिन भित्रबाट अनौठो आवाज सुनियो । त्यहाँ २० जना जति मलामी थिए । महिलाले च्यादरले बेरिएको कफिनमा हिर्काइरहनुभएको थियो । कफिन खोलेर हेर्दा मज्जाले श्वास फेरिरहेको पाइएको छोरा बारबेराले बताउनुभयो।

    मृत घोषित भएको ५ घण्टापछि बौरिएकी मोन्टोयालाई त्यसपछि फर्काएर पुनः अस्पताल ल्याइयो । अस्पतालमा सघन उपचार कक्षमा भइरहेको थियो । 

    उपचारकै क्रममा ७ दिनपछि यी महिलाको मृत्यु भएको छ । इक्वेडोरको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार मृत घोषितपछि पनि पुनः अस्पताल फर्काइएकी मोन्टोयाको १६ जुनमा मृत्यु भएको खबर दिएको छ । 

    उनका छोरा  गिल्बर्टाे बारबेराले पनि स्थानीय मिडियासँग कुरा गर्दै अहिले आफ्नै आमाको साच्चिकै मृत्यु भएको भनेका छन् । 

    इक्वेडोरको स्वास्थ्य मन्त्रालयले यस घटनाको समीक्षा गर्नका लागि विज्ञहरु सम्मिलत आयोग नै गठन गरेको छ । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार