• बुधबार, ४ कात्तिक २०८३
  • images
    सरकारको नीति तथा कार्यक्रम

    सरकारी अस्पतालमा बिहान ८ देखि बेलुकी ८ बजेसम्म ओपिडी सञ्चालन हुने

    सरकारी अस्पतालमा बिहान ८ देखि बेलुकी ८ बजेसम्म ओपिडी सञ्चालन हुने

    हेल्दीखबर
    शुक्रबार, जेठ ५ २०८०
    हेल्दीखबर
    शुक्रबार, जेठ ५ २०८०
    सरकारी अस्पतालमा बिहान ८ देखि बेलुकी ८ बजेसम्म ओपिडी सञ्चालन हुने

    काठमाडौं, ५ जेठ । सरकारले सरकारी  अस्पतालहरुको बहिरंग सेवा(ओपिडी)  बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म अनिवार्य सञ्चालन हुने व्यवस्था गरेको  छ। 

    शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विहान ८ देखि बेलुकी ८ बजेसम्म अनिवार्य ओपिडि सेवा संचालन गर्नुपर्ने बताउनुभयो ।

    images

    बहिरङ्‍ग सेवा बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म अनिवार्य सञ्‍चालन हुने व्यवस्था मिलाइनेछ,’ सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ।

    अस्पतालको ओपिडि सेवा १२ घण्टा सञ्चालन गर्ने सरकारको नीति नयाँ हो।
     यस्तै सरकारी  अस्पतालहरुमा एक चिकित्सक एक अस्पतालको व्यवस्था सुनिश्चित गरिने नीति लिएको छ।

    ‘सामुदायिक अस्पतालहरूमा एक चिकित्सक एक अस्पतालको व्यवस्था सुनिश्‍चित गर्ने विषय पुरानो हो।

    यसअघि सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट तथा कार्यक्रममा पनि एक चिकित्सक एक स्वास्थ्य संस्था कार्यक्रम लागु गर्ने घोषणा गरेको थियो। 

    तर सो आर्थिक वर्षको अन्तिम महिनामा १० अस्पतालमा मात्र सो कार्यक्रम लागु गरिएको घोषणा गर्दै बजेट विनियोजन गरियो । 

    १० वटा अस्पतालमा बजेट नै विनियोजन गरेर कार्यक्रम लागू भएको घोषणा पनि गरिएको थियो।

    राष्ट्रिय ट्रमा सेन्टर, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, भरतपुर अस्पताल, डडेल्धुरा अस्पताल, दैलेख अस्पताल, प्यूठान अस्पताल, गोरखा अस्पताल, नुवाकोट अस्पताल, गजेन्द्रनारायणसिंह अस्पताल र पाँचथर अस्पतालमा यो कार्यक्रम लागू भएको बताइएको थियो। तर यी अस्पतालहरुमा कार्यक्रम सफल नभएर पुन रोकिएको थियो । 

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार