काठमाडौँ, ५ जेठ । सरकारले एक चिकित्सक एक स्वास्थ्य संस्थाको अवधारणा एक चिकित्सक एक स्वास्थ्य संस्था ल्याएको छ।
सरकारको नीति तथा कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यसपटक पनि एक चिकित्सक एक स्वास्थ्य संस्था कार्यक्रम सुनिश्चता गरिने बताउनुभयो । उहाँले सबै सामुदायिक अस्पतालमा विहान ८ देखि बेलुका ८ बजेसम्म ओपिडी सेवा अनिवार्य गरिने बताउनुभयो । नीति तथा कार्यक्रममा आधारभूत अस्पतालमा काम गर्ने चिकित्सकलाई उच्च शिक्षाको अध्ययनमा अवसर दिइने छ समेत भनिएको छ ।