• सोमबार, २ कात्तिक २०८३
  • images

    प्रतिनिधिसभा बैठक: विद्यार्थी भर्नामा मिचिएको योग्यताक्रम तत्काल सच्याउन डा. तोसिमाको माग

    प्रतिनिधिसभा बैठक: विद्यार्थी भर्नामा मिचिएको योग्यताक्रम तत्काल सच्याउन डा. तोसिमाको माग

    हेल्दीखबर
    आइतबार, वैशाख ३ २०८०
    हेल्दीखबर
    आइतबार, वैशाख ३ २०८०
    प्रतिनिधिसभा बैठक: विद्यार्थी भर्नामा मिचिएको योग्यताक्रम तत्काल सच्याउन डा. तोसिमाको माग

    काठमाडौं, ३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा तोसिमा कार्कीले चिकित्सा शास्त्र अन्तर्गतको स्नातकोत्तर तहको विद्यार्थी भर्नामा योग्यताक्रम मिचिएको भन्दै तत्काल सच्याउन सरकारसँग माग गर्नुभएको छ।

    आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै कार्कीले  अदालतको आदेश, ऐन, कानुन र नियमावलीको मर्म र भावना विपरीत राष्ट्रिय चिकित्सा शिक्षा आयोगले सो तहको विद्यार्थी भर्ना नसच्याएको भन्दै तत्काल सच्याउन माग गर्नुभएको हो।

    images

    सरकारले बढी अंक ल्याएका विद्यार्थीहरुलाई छात्रवृत्ति पनि नदिने, रोजेको विषय र शिक्षण संस्था पनि नदिने गरी भर्ना प्रक्रिया अघि बढाएकाले त्यसलाई तत्काल रोकी कम्प्युटर बेस प्रणालीमा म्याचिङ गरी सो तहको विद्यार्थी भर्ना अभियान अघि बढाउन उहाँले सरकारलाई सुझाव दिनुभयो।

    चिकित्सा शिक्षा आयोग पछिल्लो समयमा विचलित भएजस्तो देखिन्छ, कार्कीले भन्नुभयो,"स्नातकोत्तर तर्फको विद्यार्थी भर्नामा म्याचिङ प्रणालीमा योग्यता क्रम मिचिएको छ।"

     विगतका वर्षहरुमा झैं कम्प्युटर बेस प्रणालीमा म्याचिङ गर्ने हो भने त्यो समस्या समाधान हुन्छ।

    ऐन र नियमावलीको मर्मलाई समेटछ र अदालती आदेशको पनि सम्मान पुग्छ। तसर्थ, सभामुख महोदयमार्फत् म शिक्षामन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु,डा. तोसिमाले भन्नुभयो," तत्कालै यो भर्ना प्रक्रिया सच्याइयोस् र थप क्षति हुनबाट स्वास्थ्य संयन्त्रलाई जोगाईयोस्।"

     उहाँले अदालतबाट उचित आदेश प्राप्त भयो, तर पनि भर्ना प्रक्रिया नसच्याइएको बताउनुभयो । यसले गर्दा जेहेन्दार विद्यार्थीको मेहनतमाथि पनि कुठाराघात भएको छ। नियमावली र ऐनको मर्मलाई पनि यहाँ मिचिएको छ। उहाँले समस्या राख्न मात्रै होइन समाधानका उपाय पनि दिन चाहेको बताउनुभयो । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार