• सोमबार, २ कात्तिक २०८३
  • images

    आयुर्वेद चिकित्सालयमा स्थायी कर्मचारी घट्न  थालेपछि सेवा प्रवाहमा समस्या

    आयुर्वेद चिकित्सालयमा स्थायी कर्मचारी घट्न  थालेपछि सेवा प्रवाहमा समस्या

    हेल्दीखबर
    आइतबार, फागुन १४ २०७९
    हेल्दीखबर
    आइतबार, फागुन १४ २०७९
    आयुर्वेद चिकित्सालयमा स्थायी कर्मचारी घट्न  थालेपछि सेवा प्रवाहमा समस्या


    नरदेवीस्थित आयुर्वेद चिकित्सालयमा स्थायी दरबन्दीका कर्मचारी घट्न थालेपछि सेवा प्रवाहमा समस्या हुन थालेको छ । चिकित्सालयमा ९९ कर्मचारीको स्थायी दरबन्दी रहेकामा हाल ४४ स्थायी कर्मचारीमात्र कार्यरत रहेको चिकित्सालयका निर्देशक डा प्रदीप केसीले राससलाई बताउनुभयोे । 

    विकास समितितिसमेत गरी ६६ कर्मचारी करारमा कार्यरत रहेको उहाँले जानकारी दिनुभयो । अन्यत्रबाट काजमा आएका कार्यरत कर्मचारीको सङ्ख्या आठ छ । एकाउन्न जनालाई भने दरबन्दीकै ठाउँमा करारमा राखिएको छ । चिकित्सालयको सङ्गठनात्मक तालिका नभएकाले स्थायी प्रक्रियामा विज्ञापन गरेर नियुक्तिको प्रक्रियामा जान नसकिएको अस्पताल प्रशासनले जनाएको छ । यसले गर्दा सेवा प्रवाहमा समस्या भएको छ । आयुर्वेदतर्फको केन्द्रीय अस्पतालका रूपमा रहेको चिकित्सालयमा १०० शय्या छ ।

    images


     पछिल्लो समय बिरामीको सङ्ख्या पनि बढ्न थालेको छ । हाल दैनिक तीन सय बिरामी बहिरङ्ग सेवा लिन चिकित्सालयमा आउने गरे पनि जनशक्तिको अभावमा सेवा प्रवाहमा समस्या भएको छ । सय शय्या भएको अस्पतालमा कम्तीमा ४० नर्स चाहिने नियम भए पनि हाल यहाँ १६ जनामात्र कार्यरत छन् ।
    –––

    प्रतिक्रिया दिनुहोस
    थप समाचार