• बुधबार, ४ कात्तिक २०८३
  • images

    स्वास्थ्य मन्त्री गिरी र विश्व स्वास्थ्य संगठन प्रमुखबीच भेटवार्ता

    स्वास्थ्य मन्त्री गिरी र विश्व स्वास्थ्य संगठन प्रमुखबीच भेटवार्ता

    हेल्दीखबर
    बिहीबार , फागुन ११ २०७९
    हेल्दीखबर
    बिहीबार , फागुन ११ २०७९
    स्वास्थ्य मन्त्री गिरी र विश्व स्वास्थ्य संगठन प्रमुखबीच भेटवार्ता

    काठमाडौँ, ११ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी र विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससबीच भेटवार्ता भएको छ । 
    बिरामी सुरक्षा सम्बन्धि पाँचौ मन्त्री स्तरीय शिखर सम्मेलनमा भाग लिन  स्वीट्जरल्याण्ड पुग्नुभएका गिरीले डा।टेड्रोसको कार्यकक्षमा 
    उहाँसँग भेट गुर्नभएको हो।

    भेटमा मन्त्री गिरीले विश्व स्वास्थ्य संगठनले नेपालको स्वास्थ्य क्षेत्रमा पु¥याएको सहयोग लागि धन्यवाद दिनुभएको गिरीको सचिवालयले जानकारी दिएको छ । 

    images

    मन्त्री गिरीको सचिवालयका अनुसार विशेष गरी पोलियोलगायत खोप, कार्यक्रम, विभिन्न प्रकोपको नियन्त्रण रोकथाम, निवारण र उन्मूलनमा गरेको  सहयोगका  लागि धन्यवाद दिनुभयो । 

    साथै मातृशिशु स्वास्थ्यमा नेपालका लागि खेलेको भूमिकाप्रति पनि मन्त्री गिरीले विश्व स्वास्थ्य संगठनलाई आभार प्रकट गर्नुभयो । 

    २०७२ सालको भूकम्प, हैजा प्रकोप, कोभिड महामारी र कोभिड खोप नेपालका लागि उपलब्ध गराउन खेलेको भूमिकाका लागि समेत मन्त्री गिरीले धन्यवाद व्यक्त गर्नुभयो। 

    मन्त्री गिरीले नसर्ने रोग र मानसिक स्वास्थ्य तथा प्रति जैविक औषधिको प्रतिरक्षा प्रणालीलगायतका क्षेत्रमा आपसी सहकार्य समन्वय गर्ने कुरा राख्नुभयो।

    विश्व स्वास्थ्य संगठनका समन्वय केन्द्रहरू निर्माण र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको सुदृढीकरण, स्वास्थ्य सुरक्षा र अन्तर्राष्ट्रिय स्वास्थ्य नियमनको कार्यान्वनका लागि मूल क्षमता अभिवृद्धिका लागि निरन्तर सहयोगका विषयमा समेत भेटमा छलफल भएको मन्त्री गिरीका प्रमुख स्वकीय सचिव लक्ष्मण गिरीले जानकारी दिनुभयो।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार