काठमाडौँ, ५ फागुन । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पताल को निर्देशक पदमा डा. सन्तोष पौडेल नियुक्त हुनुभएको छ । स्वास्थ्य मन्त्री पदम गिरीले मन्त्रीस्तरीय निर्णय गर्दै डा. पौडेललाई वीर अस्पतालको निर्देशक पदमा नियुक्त गर्नुभएको हो ।
डा. पौडेललाई कोभिड युनिफाइड केन्द्रीय अस्पतालको जिम्मेवारी समेत हेर्ने गरी छुट्टै नियुक्ति पत्र समेत दिईएको छ ।
यसअघि कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को निमित्त कार्यकारी अधिकारीको रुपमा प्राडा भुपेन्द्रकुमार बस्नेत हुनुहुन्थ्यो । तत्कालिन सरकारले बस्नेतलाई १९ साउन २०७८ मा युनिफाइड केन्द्रीय अस्पतालको जिम्मेवारी दिएको थियो ।
डा. पौडेल यसअघि राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल सुपरीटेन्डेन हुनुहुन्थ्यो ।