• बुधबार, ४ कात्तिक २०८३
  • images

    नेपाल चिकित्सक सङ्घ : उपत्यकामा मतदान जारी

    नेपाल चिकित्सक सङ्घ : उपत्यकामा मतदान जारी

    हेल्दीखबर
    बिहीबार , माघ १९ २०७९
    हेल्दीखबर
    बिहीबार , माघ १९ २०७९
    नेपाल चिकित्सक सङ्घ : उपत्यकामा मतदान जारी

    नेपाल चिकित्सक सङ्घको केन्द्रीय कार्यकारिणी समितिको नयाँ नेतृत्वका लागि आजदेखि उपत्यकामा निर्वाचन सुरु भएको छ । आज विहानदेखि नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा मतदान सुरु भएको प्रमुख निर्वाचन अधिकृत डा धनबहादुर रानामगरले जानकारी दिनुभयो ।

     यसअघि यही माघ ६ गते र ७ गते उपत्यका बाहिरका १६  शाखा कार्यालयमा निर्वाचन सम्पन्न भइसकेको छ । उपत्यका बाहिर तीन हजार छ सय ५० मत खसेको उहाँले बताउनुभयो ।

    images

     उहाँका अनुसार आजदेखि उपत्यकामा तीन दिन माघ १९, २० र २१ निर्वाचन हुनेछ ।  तीन दिन उपत्यकामा आठ हजार नौ सय मतदाता निर्वाचनमा सहभागी हुँदैछन् । निर्वाचन साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । 

     निर्वाचनमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, प्रत्येक प्रदेशबाट एक÷एक जनाको दरले सात जना उपाध्यक्ष, महासचिव एक, कोषाध्यक्ष एक, सहसचिव एक, सहकोषाध्यक्ष एक जना र छ जना सदस्य गरी १९ जनाको पदाधिकारीको निर्वाचन हुँदैछ । त्यसै सङ्घ परिषद् सदस्य ६० जनाकोसमेत निर्वाचन हुँदैछ । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार