• बिहीबार , ५ कात्तिक २०८३
  • images

    सवारी दुर्घटनामा ४ स्वास्थ्यकर्मीको निधन

    सवारी दुर्घटनामा ४ स्वास्थ्यकर्मीको निधन

    हेल्दीखबर
    आइतबार, माघ ८ २०७९
    हेल्दीखबर
    आइतबार, माघ ८ २०७९
    सवारी दुर्घटनामा ४ स्वास्थ्यकर्मीको निधन
    प्रतिकात्मक तस्वीर

     काठमाडौं,८ माघ । सुर्खेतमा भएको सवारी दुर्घटनामा परी ४ स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।

     महासंघका उपमहासचिव हिमालय तिवारीले   दुर्घटनामा परी गम्भिर घाइते रास्ट्रिय  स्वास्थ्यकर्मी महासंघका सदस्यहरु सागर शाही, भिपेन्द्र जंग शाही, बबिन शाही र राजेन्द्र बिसीको उपचारका क्रममा मृत्यु भएको जानकारी दिनुभयो।  स्वास्थ्यकर्मी महासंघका उपमहासचिव तिवारीका अनुसार  माघ ८ गते बिहान करिब २ : ३० बजे सुर्खेत विरेन्द्रनगरपालिका ११ झुप्राखोला स्थित रत्न राजमार्गमा छिन्चुदेखि सुर्खेत तर्फ आउँदै गरेको बा.प्र. ०१०२६च९२१३ नं को हाईलेक्स गाडी अनियन्त्रित भई सडकदेखि ७०/८०मिटर तल खसेको थियो । सागर शाहीले गाडी चलाउनु भएको थियो । 

    images

    दुर्घटनामा परि घाइते दैलेख भैरवीका विरेन्द्रराज शाहिको उपचार भइरहेको छ । उपमहासचिव तिवारीले घटनाप्रति दुख व्यक्त गर्दै स्वास्थ्य क्षेत्रमा ठूलो क्षति पुगेको बताउनुभयो । 

    उपमहासचिव तिवारीले   मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइते शाहीको शिघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार