• मंगलबार, ३ कात्तिक २०८३
  • images

    नेपाल चिकित्सक संघको निर्वाचन आजबाट सुरु

    नेपाल चिकित्सक संघको निर्वाचन आजबाट सुरु

    हेल्दीखबर
    शुक्रबार, माघ ६ २०७९
    हेल्दीखबर
    शुक्रबार, माघ ६ २०७९
    नेपाल चिकित्सक संघको निर्वाचन आजबाट  सुरु

    काठमाडौँ, ६ माघ । नेपाल चिकित्सक संघको नयाँ नेतृत्व छनौट गर्न आजबाट निर्वाचन सुरु हुँदैछ । संघको केन्द्रीय कार्यकारिणी समिति २०७९ – ०८२ निर्वाचन अन्तरगर्त आज र भोली काठमाडौँ उपत्यका बाहिरका १६ वटा शाखामा निर्वाचन हुँदैछ ।

    प्रमुख निर्वाचन अधिकृत डा धनबहादुर राना मगरका अनुसार तोकिएका स्थानमा आज र भोली विहान ९ देखि ४ बजेसम्म निर्वाचन हुँदैछ । काठमाडौँ उपत्यकामा भने आगामी १९, २० र २१ माघ गरी तीन दिन निर्वाचन हुँदेछ ।

    images
     

    यसपटकको निर्वाचनमा १२ हजार ८३५ जना चिकित्सक सहभागी हुन पाउँछन् । निर्वाचन समितिले विगतमा जस्तै एक केन्द्रमा मतदान गर्नुपर्ने चिकित्सकले अत्यावश्यक परेमा निवेदन दिई अन्यत्रको केन्द्रमा गएर मतदान गर्न सक्ने समेत जनाएको छ ।
    कहाँ कति छन् मतदाता  ?

    मेची शाखा, भद्रपुर – १६३

    धरान शाखा, धरान – ४५९

    कोशी शाखा, विराटनगर – ९१३

    सगरमाथा शाखा, राजविराज – ७२

    लहान शाखा, लहान – ५७

    जनकपुर शाखा, धुनुषा, जनकपुर – ५२०

    नारायणी शाखा, विरगंज – ५७०

    चितवन शाखा, भरतपुर – ५९६

    गण्डकी शाखा, कास्की, पोखरा – ४८३

    पाल्पा शाखा, पाल्पा – ९०

    लुम्बिनी शाखा, वुटवल – ४१६

    दाङ शाखा, घोराही – १४९

    सुर्खेत शाखा, सुर्खेत – ६४

    भेरी शाखा, नेपालगंज – २६०

    सेती शाखा, धनगढी – २८५

    कर्णाली शाखा, जुम्ला – ५९

    एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, सात उपाध्यक्ष (प्रदेश संयोजक) एक महासचिव, एक सहसचिव, एक कोषाध्यक्ष, एक सहकोषाध्यक्ष सहित १९ पदका लागि निर्वाचन तय गरिएको छ। जसमा एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष, एक कोषाध्यक्ष, एक सहसचिव, एक सहकोषाध्क्ष सहित ७ जना निर्विरोध निर्वाचित भइसकेका छन् भने अध्यक्ष सहित १२ पदका लागि निर्वाचन हुदैछ।

    यसपटकको निर्वाचनमा डा. सन्तोष पौडेलको अध्यक्षतामा पेशागत समावेशी समूह, डा. अनिलबिक्रम कार्कीको नेतृत्वमा लोकतान्त्रिक समूह र डा. शिवजी शिलवालको नेतृत्वमा स्वतन्त्र समूह गरी तीन वटा प्यानल चुनावमा होमिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार