• शनिबार, १ कात्तिक २०८३
  • images

    नेपाली सेना र काठमाडौँ महानगरको निःशुल्क स्वास्थ्य शिविर

    नेपाली सेना र काठमाडौँ महानगरको निःशुल्क स्वास्थ्य शिविर

    हेल्दीखबर
    बुधबार, मंसिर २८ २०७९
    हेल्दीखबर
    बुधबार, मंसिर २८ २०७९
    नेपाली सेना र काठमाडौँ महानगरको निःशुल्क स्वास्थ्य शिविर


    काठमाडौं,२८ मंसिर । काठमाडौ महानगरपालिकाको २८ औँ महानगर दिवसको अवसरमा नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
    प्रधान सेनापति प्रभुराम शर्मा र काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र साहले संयुक्त रुपमा निःशुल्क स्वास्थ्य शिविरको शुभारम्भ गर्नुभएको हो ।

    काठमाडौं महानगरपालिका तथा सेनाको सहकार्यमा बुधबार सैनिक मुख्यालय अगाडिको खेल मैदानमा स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

    images

    बुधबार र बिहीबार गरी दुई दिन सञ्चालन हुने उक्त स्वास्थ्य शिविर स्थानीय बासिन्दाहरुलाई प्रभावकारी रुपमा स्वास्थ्य उपचार सुविधा दिलाउने उद्देश्य रहेको छ ।
    सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म सञ्चालन हुने शिविरमा जनरल मेडिसिन, सर्जरी, कार्डियोलोजी, नाक, कान, घाटी, छाला रोग, छातीसम्बन्धी रोग, स्त्री रोग, बाल रोग, नसा तथा मानसिक रोग, हाड जोर्नी, आँखा सम्बन्धी रोग, अल्ट्रासाउन्ड, एक्स–रे, फिजियोथेरापी, दन्त स्वास्थ्य परामर्श समेत हुनेछ । 
    शिविरमा ईसिजी तथा रक्तचाप, मधुमेह परीक्षण लगायतका स्वास्थ्य सेवा उपलब्ध गराई चिकित्सकहरूको सिफारिस अनुसार निःशुल्क औषधिसमेत वितरण गरिएको थियो । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार